नन्दराम जैशी/भदौ ४ जुम्ला । जुम्लामा शुक्रवार देखि शुरु भएको कर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ ४ जुम्ला । जुम्लामा शुक्रवार देखि शुरु भएको कर्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्णालीकै ठूलो र लामो जात्राको दोस्रो दिन रोपाइजात्रा देखाइयो

४ भाद्र २०७३, शनिबार १२:०५


नन्दराम जैशी/भदौ ४ जुम्ला । जुम्लामा शुक्रवार देखि शुरु भएको कर्णालीकै ठूलो र लामो जात्रा अन्र्तगत आज दोस्रो दिन रोपाइजात्रा देखाइएको छ । 

जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिन देखि शुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिने छ । 

जात्रा समितिका अध्यक्ष राजुसिंह कठायतका अनुसार भोलि तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र अन्य रमाइला आइटम देखाइने भएका छन्, भने पर्सि चौथो दिन ठुलो मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उहाले बताउनुभयो । आज रोपाइँजात्रा दिउँसो २ बजेपछि सुरु भएको उहाँको भनाइ छ ।     

जुम्ला बजारदेखि जिल्ला प्रहरी कार्यालय लाइन हुँदै कालेखोलीसम्म पुर्याएर पुन: बजारमा ल्याएर जात्रा समापन गरिएको हो । जात्रा समिति जुम्लाले यस अवधिमा मादक पदार्थ सेवन गरेर हो हल्ला तथा झगडा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जात्रा हेर्न आउँदा महँगा गरगहना नलगाइकन र महँगा मोवाइल नलिइकन आउन भनिएको छ । 


जात्रा बिथोल्ने गतिविधि गर्ने व्यक्ति तथा समूहलाई प्रहरी प्रशासन समक्ष पुर्याएर कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने जात्रा समितिका अध्यक्ष कठायतले जानकारी दिनुभयो ।

 जात्रालाई शान्त, व्यबस्थित र मर्यादित बनाउनु जुम्लाबासी सबैको कर्तव्य भएको भन्दै आ–आफ्नो भूमिका निर्वाह गर्न जुम्लाबासी सबैलाई उहाँले आग्रह गर्नु भएको छ । 

जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्नको लागि जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा पोसाक र सादा पोसाकमा प्रहरी परीचालन गरीएको छ । 

जात्रालाइ सघाउन नँया शक्ति नेपाल जुम्लाले जात्रा अवधिभर स्वयंव सेवकको रुपमा युवाशक्ति परीचालन गर्ने भएको छ । हिजोदेखि परीचालन भएका युवाहरु जात्रा सम्मन्न हुन्जेलसम्म परीचालित हुने जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ