Skip to content
Friday, July 17, 2026 Nepali Online Media
December 16, 2021 चितवन - CTW, समाज

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १, काठमाडौँ |</b> बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो।<br></p><p>नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो। जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। अन्य कारणका बारेमा खोजी भइरहेको उहाँले जानकारी दिए।</p><p>बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए। कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ। यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ।</p>