२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईमा ‘नगरपालिका दिवस’ भव्य रुपमा मनाइँदै

२०७३, २३ बैशाख बिहीबार ०२:५७

Tejवैशाक २३, सुरुङ्गा (सास) । नेपाल सरकारले ०७१ वैशाख २५ गते
देशै भर ७२ वटा नगरपालिका थप गरेको दिनलाई ‘नगरपालिका दिवस’ मनाउने स्थानीय विकास मन्त्रालयको निर्णय
अनुरुप कनकाई नगरपालिकाले यो दिवस मनाउने तयारी पूरा गरेको छ ।

कनकाईमा विविध कार्यक्रमसहित वैशाख २४, २५ र २६ गते नगरपालिका दिवस मनाइँदै छ ।

नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार २४ गते
मातातीर्थ औंशीको अवसर पार्दै विहान नगर क्षेत्रकै एक ज्येष्ठ माता र पितालाई सम्मानित गरिँदैछ

त्यस्तै, नगरपालिका कार्यालय परिषरमा वृक्षरोपण समेत गरिने छ ।
त्यस्तै, पत्रकारिता दिवसलाई सन्दर्भ पार्दै सोही दिन ‘लोकतन्त्रको स्थायित्व र विकासका लागि
पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रम कनकाई प्रेस क्लब र सुरुङ्गा प्रेसको संयोजनमा हुनेछ ।

नगरका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यका अनुसार २५ गते
अन्तर्राष्ट्रिय रेडक्रस दिवस पनि परेकाले रक्तदान कार्यक्रम राखिएको छ ।

सुरुङ्गा बजारमा हुने यस कार्यक्रम सुरुङ्गा जेसिज र रेडक्रस सोसाइटी, उपशाखा सुरुङ्गाको
सहआयोजनामा विहान ८ बजेदेखि हुने छ ।

सोही दिन नगर क्षेत्रका
प्रत्येक घरमा साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै, २६ गते विहान ८ बजे घैलाडुब्बाको टेकनारायणबाडीमा घैलाडुब्बा रेडक्रसको संयोजनमा
रक्तदान कार्यक्रमको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा