Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

एक सय २५ शिक्षकको सरुवा !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ४, काठमाडौँ |</b> वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ। महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो।<br></p><p>महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन्। विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ।</p>