२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ज्ञान ज्योतिमा नयाँ नेतृत्व

२३ बैशाख २०७३, बिहीबार १०:४०

New Commiteeवैशाख २३, सुरुङ्गा । ज्ञान ज्योति युवा क्लब, कनकाई नगरपालिका–३, झापाको
तेस्रोे साधारणसभाले नविन सेढाईंको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ

बिहीबार कनकाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको
साधारणसभाले २ वर्षे कार्यकालको लागि नयाँ समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा झलक सिटौला, सचिवमा अनुप ओली, सह–सचिवमा गौरव पोखरेल र
कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ छन् ।

सदस्यहरुमा शुसन श्रेष्ठ,
शारदा बोगटी, जीवन चुडाल, अर्जुन ओली, सुजन पाठक र निशान आचार्य छन् ।

त्यस्तै, चन्द्र तिवारी, बुद्धि ढकाल, सरोज भेटवाल ‘बी’, बसन्त विमली, साजन आचार्य, नारायण
कट्टेल, दिपक थपलिया, सुनिता बोगटी, सरु श्रेष्ठ र नमिता काफ्ले पनि सदस्यमा चयन भए ।

नयाँ समिति गठन गर्नका लागि पृथ्वी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमारमणि
पोखरेलको संयोकत्वमा मार्गदर्शन नेपालका दुर्गाप्रसाद प्रसाईं र सुरुङ्गा प्रेस क्लबका अध्यक्ष
रामप्रसाद निरौला सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियो ।

दोस्रो चरणको निर्वाचन कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलको प्रमुख
आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुनिल भेटवाल,
नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया, एमाले अध्यक्ष कोमल पन्त, कनकाई उद्योग वाणिज्य
संघका अध्यक्ष युवराज संग्रौला, सुरुङ्गा जेसीजका अध्यक्ष सरला पोखरेल, वडा नागरिक मञ्चका संयोजकहरु
तारा खनाल र चन्द्र चुडाल, भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेती, महिला सञ्जाल
कनकाईका अध्यक्ष सिता बस्नेत, मानार्थ सदस्य प्रभाखर कडरिया, सुरुङ्गा प्रेस क्लबका सचिव गोपीचन्द्र
मिश्र लगायतले मन्तव्य राखे ।

क्लबका अध्यक्ष ज्योतिकुमार
उप्रेतीको अध्यक्षता भएको साधारणसभामा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको
प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमकै अवसरमा स्थापन कालदेखि
निरन्तर सहयोग पुर्याउने सदस्यको रुपमा रेवत गौतमलाई सम्मान समेत गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने