2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ज्ञान ज्योतिमा नयाँ नेतृत्व

New Commiteeवैशाख २३, सुरुङ्गा । ज्ञान ज्योति युवा क्लब, कनकाई नगरपालिका–३, झापाको
तेस्रोे साधारणसभाले नविन सेढाईंको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ

बिहीबार कनकाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको
साधारणसभाले २ वर्षे कार्यकालको लागि नयाँ समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा झलक सिटौला, सचिवमा अनुप ओली, सह–सचिवमा गौरव पोखरेल र
कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ छन् ।

सदस्यहरुमा शुसन श्रेष्ठ,
शारदा बोगटी, जीवन चुडाल, अर्जुन ओली, सुजन पाठक र निशान आचार्य छन् ।

त्यस्तै, चन्द्र तिवारी, बुद्धि ढकाल, सरोज भेटवाल ‘बी’, बसन्त विमली, साजन आचार्य, नारायण
कट्टेल, दिपक थपलिया, सुनिता बोगटी, सरु श्रेष्ठ र नमिता काफ्ले पनि सदस्यमा चयन भए ।

नयाँ समिति गठन गर्नका लागि पृथ्वी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमारमणि
पोखरेलको संयोकत्वमा मार्गदर्शन नेपालका दुर्गाप्रसाद प्रसाईं र सुरुङ्गा प्रेस क्लबका अध्यक्ष
रामप्रसाद निरौला सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियो ।

दोस्रो चरणको निर्वाचन कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलको प्रमुख
आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सुनिल भेटवाल,
नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया, एमाले अध्यक्ष कोमल पन्त, कनकाई उद्योग वाणिज्य
संघका अध्यक्ष युवराज संग्रौला, सुरुङ्गा जेसीजका अध्यक्ष सरला पोखरेल, वडा नागरिक मञ्चका संयोजकहरु
तारा खनाल र चन्द्र चुडाल, भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेती, महिला सञ्जाल
कनकाईका अध्यक्ष सिता बस्नेत, मानार्थ सदस्य प्रभाखर कडरिया, सुरुङ्गा प्रेस क्लबका सचिव गोपीचन्द्र
मिश्र लगायतले मन्तव्य राखे ।

क्लबका अध्यक्ष ज्योतिकुमार
उप्रेतीको अध्यक्षता भएको साधारणसभामा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको
प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमकै अवसरमा स्थापन कालदेखि
निरन्तर सहयोग पुर्याउने सदस्यको रुपमा रेवत गौतमलाई सम्मान समेत गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई