Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाहिरियो कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस ४, काठमाडौँ |कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् ।

अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।’ त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् ।

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्तिहरु पनि त्यहीँ भएको आवाज सुनिन्छ । एक जना व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अडियोबारे छानविन गरिरहेको बताए । उनले यो अनुसन्धानकै क्रममा रहेको विषय हो र यसबारे विस्तृत अनुसन्धानपछि बताउने जनाए।

प्रहरी स्रोतका अनुसार यो अडियो मृतकको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । स्रोत भन्छ, ‘कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ ।’

जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो । त्यसपछि उनको कपडा खोलेर त्यसैले शवलाई रुखमा बाँधेको पाइएको थियो ।

प्रहरीले यो घटनामा अर्जुनसँगै काम गर्ने व्यक्तिको संलग्नता हुन सक्ने अनुमान गरेको छ । र, हत्यामा कम्तिमा पनि २ जनाभन्दा बढीको संलग्नता हुन सक्ने बताएको छ ।