६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिएन बालुवा चोरी निकासी

८ पुष २०७८, बिहीबार ०८:१८

पुस ८, काठमाडौँ |  जिल्लाका विभिन्न भागमा  अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो ।राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै  र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्ला महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको घटना बढिरहेको बताइएको छ ।

स्थानीय प्रशासन र पालिकाको निगरानी नहुँदा प्रकृतिको दोहन बढेको हो । अवैधरूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने देखिएको छ ।जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिट्टी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एक हप्ताको अवधिमा प्रहरीले तीन ट्र्याक्टरलाई अवैधरूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको थियो ।

रामपुर नगरपालिका–१ छम्केस्थित निस्दी खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु४त ५२७१ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । निस्दी गाउँपालिका–१ डमरास्थित कालीगण्डकी नदी किनारामा अवैधरूपमा थुपारेर राखी गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा लु४त ८३०७ नंको ट्र्याक्टरलाई पनि  प्रहरीले नियन्त्रण लिएको थियो ।

दुवै ट्र्याक्टरलाई केलादी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती ट्र्याक्टरका चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । रामपुर नगरपालिका–१० गौरीघाटस्थित कालीगण्डकी नदी किनाराबाट अवैधरूपमा गिट्टी, बालुवा लोड गर्दै गरेको अर्को एक ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो । नम्बर नखुलेको सो ट्र्याक्टरका चालकलाई  हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिई कारबाहीका लागि रामपुर नगरपालिकामा पठाइएको उहाँको भनाइ थियो । अवैधरूपमा गिट्टी, बालुवा खुलेआम चोरी निकासी रोकथामका निम्ति स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेको छैनन् ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधिकै मिलेमतोमा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो छ । नदी क्षेत्र सुरक्षाका लागि  सरकारी संरचना निर्माणमा समेत जथाभावीरूपमा बालुवा निकाल्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने