२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल

८ पुष २०७८, बिहीबार १७:४३

पुस ८, दमौली | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको आज आयोजित ४६औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वले चाहेको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । 

परम्परागत रुपमा चल्दै आएको शिक्षा र शिक्षण पद्धतिलाई परिमार्जन गर्दै जीवनोपयोगी शिक्षा प्रदान गर्न ढिला गर्न नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले समय सुहाउँदो, युगले मागेको प्रविधिलाई आत्मसात गर्नुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश साक्षर घोषणा भइसकेको र त्यसकै जगमा टेकेर अब समृद्धिको बाटोमा अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । “गण्डकी प्रदेशले शिक्षालाई प्राथमिकतामा राखेको छ, साक्षर प्रदेश घोषणा भइसकेको छ, त्यसकै जगमा टेकेर दक्ष जनशक्ति उत्पादनका लागि सबैको सामूहिक प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो । समुदायबाट सञ्चालित सत्यवतीले मुलुकको शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएको उहाँले भन्नुभयो । 

गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले विज्ञान र प्रविधियुक्त शिक्षा दिई शैक्षिक गुणस्तरयता कायम गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा सत्यवतीले पुर्याएको योगदान उदाहरणीय रहेको बताउनुभयो । 

गण्डकी प्रदेशका नीति तथा योजना अयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनको थलो सत्यवती बनेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शैक्षिक सुधारका लागि नगरपालिकाको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल लगायतले समयसापेक्ष पठनपाठन कार्यलाई सत्यवतीले अङ्गिकार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्राथमिक विद्यालयको रुपमा सुरु विद्यालयले शैक्षिक यात्राका क्रममा ४५ औं वसन्त पार गर्दा पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिनुभयो । विद्यालयले हालसम्म दक्ष जनशक्तिको रुपमा डाक्टर, इन्जिनियर, व्यवस्थापक, शिक्षकका साथै अन्य क्षेत्रमा समेत जनशक्ति उत्पादन गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान