सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् । 
2026-09-19 03:15 PM
दाङ्ग - DNG

देउखुरीको गढवामा गोली हानी दुई जनाको हत्या

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् । 

गढवा ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

एसपी सिंहका अनुसार गोलिलागि गम्भिर घाईते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा वाटोमै मृत्यु भएको थियो भने अर्का घाईते राजु रोकाको उपचारका क्रममा सोमवार विहानै मृत्यु भएको हो । 

गएराति खबरी नाकामा तीजको मेला लागेको थियो । मेलामा पुगेका रोका द्धयलाई पुनले पुरानो रिसिवि साँध्न गोलि हानेको एसपी सिंहले बताए । एसपी सिंहले भने ‘ पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो , उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जव रोकाद्धय मोटरसाईकमा चढे लगतै उसले गोलि हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोलि लागेको पाईएको छ ।’

एसपी सिंहले पुन र रोकाद्धयका विचमा पहिले देखि नै मनमुटाव रहेको र उसले रिसिवि साँध्न योजनावद्ध तरिकाले आक्रमण गरेको बताए । साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्धय मोटरसाईकलमा चढ्ने वित्तिकै गोलि हानेको खुल्न आएको प्रहरीले बताएको छ । 

मृतक राजु रोकाको शव अहिले प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टमका लागि राखिएको छ । गोलि हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ । पुन भागेर कतै जान नपाउन भनेर सबैनाका सिल गरिएको पनि एसपी सिंहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह