२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

२०७८, १४ पुष बुधबार ११:२०

पुस १४, काठमाडौँ | रासस | पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन् ।

महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन । विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन विस्तार नहुँदा साँझ बिहान बत्तीसमेत बल्दैन । नेपाल सरकारले २० युनिटसम्म विद्युत् उपभोग गर्ने परिवारलाई निःशुल्क सेवा गर्दै आएको छ । सन्ढापका स्थानीय बासिन्दाका घरमा साँझ परेपछि अँध्यारो हुन्छ । 

दिनभर बालिएका बत्ती मधुरो, रेडियो, टिभी तथा मोबाइल चार्जमा समस्या हुँदै आएको स्थानीय बासिन्दा लक्ष्मीप्रसाद न्यौपानको गुनासो छ ।“बत्ती बले पनि जुनकीरी बले झैं बल्ने र मोबाइलसमेत चार्ज नहुने समस्या रहेको छ,” उहाँको गुनासो छ । स्थानीय बासिन्दाले पटक–पटक वडा, गाउँपालिका, तथा नेतालाई यस विषयमा विद्युत्को समस्या सम्बन्धी जानकारी गराए पनि सुनुवाइ नहँुदा अध्यारोमा बाँस बस्नुपर्ने बाध्यता छ । त्यसमाथि बालबालिकालाई साँझमा विद्युत्को साहयतामा अध्ययन गर्न समस्या हुँदै आएको उनीहरुको गुनासो छ ।

३० घर बढी बासिन्दा रहेको सन्ढापमा विद्युत् विस्तार भए पनि बिहान साँझ विद्युत््बाट हुने सबै काम रोकिन्छ । जसले गर्दा स्थानीयवासीले बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्नेलगायतका कामबाट वञ्चित हुनुपरेको छ । स्थानीयवासी गोविन्द भट्टराई नेतृत्वको सन्ढापका बासिन्दाले लामो समयले विद्युत्को पूर्ण सेवा प्रयोग गर्नबाट वञ्चित भएको बताउनुभयो । उहाँले रातको समयमा बढी विद्युत्को मागहुँदै रातमा बत्तीसमेत बल्दैन, टिभी हेर्न पाइदैन, बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताउनुभयो ।

स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण पाल्पामा थ्रिफेज लाइन विस्तार गर्न ज्ञापनपत्र बुझाएको हुन । प्राधिकरण प्रमुख इञ्जिनीयर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने बताउनुभयो । वास्तविक समस्याको पहिचान गरी विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको उहाँले बताउनुभयो । 

सरकारले घर–घरमा विद्युत्को खपत बढाउन अनुरोध गरिरहेको बेला ग्रामीण क्षेत्रमा जडान गरिएका सेवाको उचित रुपमा प्रयोग नपाउँदा नागरिक उत्साहित छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ