३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

१४ पुष २०७८, बुधबार ११:२०

पुस १४, काठमाडौँ | रासस | पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन् ।

महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन । विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन विस्तार नहुँदा साँझ बिहान बत्तीसमेत बल्दैन । नेपाल सरकारले २० युनिटसम्म विद्युत् उपभोग गर्ने परिवारलाई निःशुल्क सेवा गर्दै आएको छ । सन्ढापका स्थानीय बासिन्दाका घरमा साँझ परेपछि अँध्यारो हुन्छ । 

दिनभर बालिएका बत्ती मधुरो, रेडियो, टिभी तथा मोबाइल चार्जमा समस्या हुँदै आएको स्थानीय बासिन्दा लक्ष्मीप्रसाद न्यौपानको गुनासो छ ।“बत्ती बले पनि जुनकीरी बले झैं बल्ने र मोबाइलसमेत चार्ज नहुने समस्या रहेको छ,” उहाँको गुनासो छ । स्थानीय बासिन्दाले पटक–पटक वडा, गाउँपालिका, तथा नेतालाई यस विषयमा विद्युत्को समस्या सम्बन्धी जानकारी गराए पनि सुनुवाइ नहँुदा अध्यारोमा बाँस बस्नुपर्ने बाध्यता छ । त्यसमाथि बालबालिकालाई साँझमा विद्युत्को साहयतामा अध्ययन गर्न समस्या हुँदै आएको उनीहरुको गुनासो छ ।

३० घर बढी बासिन्दा रहेको सन्ढापमा विद्युत् विस्तार भए पनि बिहान साँझ विद्युत््बाट हुने सबै काम रोकिन्छ । जसले गर्दा स्थानीयवासीले बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्नेलगायतका कामबाट वञ्चित हुनुपरेको छ । स्थानीयवासी गोविन्द भट्टराई नेतृत्वको सन्ढापका बासिन्दाले लामो समयले विद्युत्को पूर्ण सेवा प्रयोग गर्नबाट वञ्चित भएको बताउनुभयो । उहाँले रातको समयमा बढी विद्युत्को मागहुँदै रातमा बत्तीसमेत बल्दैन, टिभी हेर्न पाइदैन, बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताउनुभयो ।

स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण पाल्पामा थ्रिफेज लाइन विस्तार गर्न ज्ञापनपत्र बुझाएको हुन । प्राधिकरण प्रमुख इञ्जिनीयर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने बताउनुभयो । वास्तविक समस्याको पहिचान गरी विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको उहाँले बताउनुभयो । 

सरकारले घर–घरमा विद्युत्को खपत बढाउन अनुरोध गरिरहेको बेला ग्रामीण क्षेत्रमा जडान गरिएका सेवाको उचित रुपमा प्रयोग नपाउँदा नागरिक उत्साहित छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट