२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा महिला मतदाता बढे

१५ पुष २०७८, बिहीबार १०:२८

पुस १५, काठमाडौँ | कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ । जिल्लाको नौ स्थानीय तहमा सङ्कलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको हो ।

ती स्थानीय तहका सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनमा जम्मा दुई हजार ५७८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म १५६१ महिला र १०१७  पुरुष गरी दुई हजार ५७८ जनाले नाम दर्ता गराएका हुन् । स्थानीय तहमध्ये तिलागुफा नगरपालिकामा  ३११ महिला १३७ पुरुष, रास्कोट नगरपालिकामा ३१८ महिला ३०० पुरुष,  महावैमा १४० महिला ९२ पुरुष, नरहरिनाथमा ३८८ महिला २११ पुरुष, शुभकालिकामा १८४ महिला १५६ पुरुष, सान्नी त्रिवेणीकामा ८८ महिला ६६ पुरुष, पचालभरनामा २०७ महिला ९२ जना पुरुष र पलाँता गाउँपालिका १३८ महिला ५९ पुरुष मतदाता थपिएका उहाँले बताउनुभयो ।

ती स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको थियो । अहिले जिल्ला प्रशासन कार्यालय  र जिल्ला निर्वाचन कार्यालयबाट नामावली सङ्कलन कार्य जारी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ