२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरणीय अध्ययन कार्यविधि स्वीकृत

१७ पुष २०७८, शनिबार ०९:४४

पुस १७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सङ्क्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ । 

 त्यसैगरी ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२औँ कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो ।  

शुक्रबार बसेको कार्यपालिका बैठकमा १०औँ नगरसभा यही पुस २८ गते गर्ने निर्णय पनि भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ । यो ऐनसँगै बागमती प्रदेशको कानुन र महानगरपालिकाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो । 

बैठकमा कार्यपालिका सदस्यले सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, खानेपानी र विद्युत् जस्ता भौतिक विकासमा काम गर्ने साझेदारसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, कोभिड भ्याक्सिन खोपको विद्युतीय प्रमाणीकरणको चाप व्यवस्थापन गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली सङ्कलन व्यवस्था गर्नुपर्नेलगायत विषय उठाएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ