भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथा"/>
२३ मंसिर २०८२, सोमबार
दाङ्ग - DNG

जथाभावी फोहोर फाल्नेलाई एक महिना जेल !

७ भाद्र २०७३, मंगलवार ०६:०५

भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथाभावी फोहोर फाल्नेलाई एक महिना जेल हाल्न सुझाव दिएका छन् । 

मंगलबारदेखि सुरू भएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानको उद्घाटनपछि पौडेलले नगरवासीलाई सामूहिक रुपमा सफल खुवाएर अभियानको सुरुवात गरे । अभियान उद्घाटनका लागि दाङको तुलसीपुर आएका उनले मंगलबार बिहान अभियान उद्घाटनपछि फोहोर संकलन गर्दै जाँदा प्रत्येक पसलहरूमा छिरेर पसल सञ्चालकहरूलाई आफ्नो पसल वा घर अगाडिको फोहोर व्यवस्थापन आफैं गर्न आग्रह गरे । 

सरसफाइका अभियन्ता पौडलेले घर अगाडिको फोहर व्यवस्थापन नगर्ने र मनपरी गर्नेलाई १५ हजार जरिवाना र एक महिना जेल हाल्न सँगै रहेका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र कार्कीलाई अनुरोध गरे ।

पौडेलले तुलसीपुरस्थित पुरानो वीरेन्द्र चोकको मुख्य सडकमै ठूलो भ्वाङ देखिपछि त्यसलाई तत्काल छोपेर राख्न वा मर्मत गर्न आग्रह गरे । 

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, पूर्व सांसद शान्ता चौधरी लगायत नगरपालीकाका अधिकारीहरु र तुलसीपुर क्षेत्रका अन्य संघसंस्था र टोलविकास समितिहरुको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो