२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धनगरको वाग्मती किनारबाट फोहर व्यवस्थापन

२०७८, १७ पुष शनिबार ११:३९

पुस १७, काठमाडौँ | वाग्मती नदीको बुद्धनगर क्षेत्रमा गरिएको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५१औँ हप्तामा बुद्धनगरस्थित वाग्मती पुल नजिकै सडकको दायाँबायाँ सफाइ गरिएको हो । अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ स्वयंसेवी महाअभियान हो । यो प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ । ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सफाइ हुँदै आएको छ ।वाग्मती सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नवनियुक्त अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, महानगरपालिका वडा नं १० स्थानीयवासी, विभिन्न सङ्घसंस्था, वडा नं ११ का स्थानीयवासी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारी लगायतको सहभागिता थियो ।  

महानगरपालिका वडा नं ११ राजेश टोल सुधार समितिका अध्यक्ष ज्ञानकुमार बज्राचार्यलाई फोहर वर्गीकरण गरी घरमा मल बनाउनका लागि २० थान विन अधिकार सम्पन्न वाग्मतीले हस्तान्तरण गरेको थियो । पुस २४ गते शनिवार शङ्खमूल पुलमा बिहान ७ः३० बजे ४५२ औँ हप्ताको सफाइ गरिने महाअभियानले जनाएको छ ।  

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका विभिन्न भागका साथै यसका सहायक नदी पनि सफाइ भइरहेको छ । गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथको उत्तर र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ ।यसैगरी उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ भने उपत्यका बाहिर १०९ स्थानमा वाग्मती सफाइ महाअभियानबाट नै प्रभावित भएर सफाइ अभियान चलिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने