१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीके राउतको आन्दोलनमा गोली चल्यो, ६ जना घाइते

१८ पुष २०७८, आईतवार ०९:४४

पुस १८, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ । गोली प्रहारबाट एक प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका छन् ।

किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको जनमत पार्टी तोडफोडमा उत्रिएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । अवस्था नियन्त्रण बाहिर जान खोजेपछि २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली चलाइएको जनाइएको छ ।

आन्दोलनकारीहरुले भने प्रहरीले अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन् । आन्दोलनकारी सञ्जय कुमार साहले प्रहरी निरीक्षकको नेतृत्वमा गोली प्रहार गरिएको आरोप लगाए । सो क्रममा घाइते भएका पाँच जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफैँ लगेपछि प्रहरीले चार जना किसानलाई पक्राउ गरेको विरोधमा पुष ९ गतेदेखि जनमत पार्टी आन्दोलनमा छ ।

सो घटनापछि गाउँपालिकामा तालाबन्दीमा उत्रिएको जनमत पार्टीले किसानलाई सहुलियत दिने गरीको पूर्वाधार बनाउनेदेखि मलखाद उपलब्ध गराउनु पर्नेसम्मका सात बुँदे माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल