२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा केन्द्रीय समिति विस्तार

२०७८, २० पुष मंगलवार ०९:१९

पुस २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ । 

पार्टीका नेता सुन्दर पाण्डेका अनुसार मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा र निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्ती मगर, भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा, ललितपुरबाट पुष्पराज पुरुष हुनुहुन्छ ।

त्यस्तै, जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा, सिराहाबाट रामप्रताप साह, खोटाङबाट रबिन चाम्लिङ, स्याङ्जाबाट उदयराज पोखरेल, काठमाडौँबाट प्राडा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट हुनुहुन्छ । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको पार्टीले छिट्टै केही अग्रज नेतालाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी