2026-10-17 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पानीका मुहान बचाउन रिचार्ज पोखरी निर्माण

पुस २०, काठमाडौँ | रासस | झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका–९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । 

रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो । तर गतवर्ष ठूलो खडेरी लाग्दासमेत पानी नसुकेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय युवा समाजसेवी तथा व्यवसायी कृष्णप्रसाद भुसाल र हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्षअघि काफलपानी पँधेरो भन्दामाथि नेटाका पोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी नसुकको हो । 

पानी पँधेरोमा खडेरीमा पनि नसुकेपछि आफु खुसी भएको स्थानीय जीवबहादर दमाइँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तीनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गत वर्ष ठूलो खडेरीमा पनि सुकेन ।” 

दुई वर्षअघि सुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा साना ठूला गरी ४० भन्दा बढी पोखरी निर्माण गरेको थियो । आफूहरुले खनेका पोखरीका कारण धेरै ठाउँमा हिउँदमा पनि पानी नसुकेको रिचार्ज पोखरी निर्माण अभियानका अभियान्ता कृष्णप्रसाद भुसालको भनाइ छ । उहाँले त्यतिबेला विभिन्न व्यक्तिको करिब एक लाख सहयोगमा विभिन्न ठाउँमा पोखरी निर्माण गरिएको बताउनुभयो । 

बढ्दो जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जान थालेको र त्यही सुक्न थालेको पानीको मुहान संरक्षण गर्न  आफूहरुले अभियान सुरु गरेको भुसालले बताउनुभयो । दुई वर्षअघि खनेका पोखरीले खडेरीमासमेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताले गएको तिहारमा लायन्स क्लब अफ अर्घाखाँचीसँग समन्वय गरी देउसी भैलोबाट उठेको पैसाबाट पनि रिचार्ज पोखरी खनिरहेका छन् । दश घर एक पोखरी अभियानले जिल्लाका विभिन्न स्थानमा पोखरी निर्माण गरिरहेको छ । पाँचवटा पोखरी खनिसकेको र अझै पाँच वटा पोखरी खन्ने कार्य जारिरहेको अभियान्ता भुसालको भनाइ छ । 

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचना निर्माण हुँदा धेरै ठाउँमा पोखरी पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्षसहित दश घर एक पोखरी अभियानको सुरुवात भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु