कात्तिक ८, धादिङ । जिल्ला प्रहरी कार्यलय धादिङले हातहतियार तथा खरखजाना मुद्दा लागेर फरार
रहेका एक युवकलाई शनिबार पक्राउ गरेको छ ।
धादिङको सत्यदेवी
गाँउ विकास समितिको वडा नं.८ रापचोक बस्ने २८ वर्षका मिलन भन्ने एक बहादुर तामाङ्गलाई धादिङवेशी बजारमा
लुकी छिपी गरी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । तामाङ असार ४ गतेदेखि फरार थिए । तामाङसँगै
धादिङ दार्खा ९ घर भई हाल निलकण्ठ न.पा.वडा नं.३ पहरे चौतारा बस्ने वर्ष ३० को हाप्पा भन्ने सुर्य
बहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखा काठमाण्डौ पठाईएको धादिङका प्रहरी नायव
उपरीक्षक सविन प्रधानले जानकारी दिए ।