२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मन्त्रीहरुको लर्को

२०७२, ५ चैत्र शुक्रबार ०४:३१

धादिङ– चार
महिनायता धादिङमा २० जना मन्त्रीहरु २१ पटक आइसकेका छन् । उनीहरू कुनै विकास योजना उद्घाटन,
भूकम्पपीडितलाई राहत वा पुनर्निर्माणका काममा सघाउन आएका भने होइनन् ।

ति मन्त्रीहरु गाउँ र विद्यालय तहका भलिबल प्रतियोगिता, सप्ताह, अवलोकन, विद्यालयको
वार्षिकोत्सव, गैरसरकारी संघसंस्थाले खर्च बेहोरेको अनुगमन, सहकारीका वार्षिक साधारण सभाको प्रमुख अतिथि
बनेर आएका हुन् । कार्यक्रममा मन्त्रीको उपस्थिति गराएर शक्ति प्रदर्शन गर्न जिल्ला स्थित राजनीतिक दलका
कार्यकर्ताको होडबाजी नै छ ।

एक महिनामै दुई पटक धादिङ आएका
आपूर्ति मन्त्री गणेशमान पुनले धुसाको चरौंदीमा आयोजित स्थानीय सहकारीको वार्षिक साधारण सभा र भलिबल
प्रतियोगिता उद्घाटन गरे । त्यस्तै फागुन तेस्रो साता आएका गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टी
समर्थित क्रान्तिकारी पत्रकार संघको साधारण सभा उद्घाटन गरे ।

फागुन ११ गते हेलिकप्टरबाट उत्रेका रक्षामन्त्री भीम रावलले पूर्वस्थानीय विकासमन्त्री
राजेन्द्र पाण्डेको समेत लगानी रहेको आँखु खोलास्थित साढे आठ मेगावाटको जलविद्युत् आयोजना अवलोकन गरे ।
त्यस्तै सल्यानकोट गाविसमा एमाले पार्टीकार्यालयको उद्घाटन गरेर फर्के । उता फागुन १२ मा आएका वन तथा
भूसंरक्षण मन्त्री अग्नि प्रसाद सापकोटाले ज्यामरुङस्थित सामुदायिक विद्यालयबाट उत्तीर्ण छात्रछात्रालाई
प्रमाण पत्र वितरण गरे ।

गत पुस २६ मा स्थानीय संस्था प्रयास
नेपाल र हिमालयन हेल्थ केयरको खर्चमा तिप्लिङ पुगेकी पशु विकासमन्त्री शान्ता मानवीले भूकम्पले नोक्सान
भएका घरपालुवा पशु-वस्तुको रकम वितरण गरिन् । माघ ७ गते सदरमुकाम आएका भूमिसुधार तथा व्यवस्था
मन्त्रीविक्रमबहादुर थापाले राप्रपा नेपालका कार्यकर्तालाई प्रशिक्षण दिए । माघ १५ गते आएका युवा तथा
खेलकुद मन्त्री सत्यनारायण मण्डलले निर्वाचन क्षेत्र नम्बर २ को राष्ट्रपति रनिङ सिल्डको छनोट कार्यक्रम
उद्घाटन गरे । माघ २३ गते सदरमुकाम आएका स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले तामाङ घेदुङ
संघको रक्तदान कार्यक्रम अवलोकन गरे । माघ १ गते सल्यानकोट ३ आएका शिक्षामन्त्री गिरिराजमणि पोखरेल
स्थानीय नेत्रावती सामुदायिक उच्चमाविको मुखपत्र पुस्तक विमोचन गरेर फर्किए । आजको कान्तिपुरमा खबर छ

यस्तै, फागुन १९ गते आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री
आनन्द प्रसाद पोखरेल नलाङ १ स्थित श्रीमद्भागवत पुराण सुनेर फर्के । एक मन्त्री जिल्ला आउँदा नौबिसेबाट
सदरमुकाम आउजाउ गर्दा प्रहरी इस्कर्टिङ, कम्तीमा चारवटा जिप, दर्जनौं कार्यकर्ता, सुरक्षाकर्मीको खानपिन
र इन्धनको जोहो गर्न सरकारी अधिकारीलाई हम्मेहम्मे पर्छ । ती सबै खर्च सम्बन्धित मन्त्रालय मातहतका
कार्यालयले बेहोर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला