पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ : पूर्वमन्त्री अधिकारी

२३ पुष २०७८, शुक्रबार ०५:५०

पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका लागि  शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याउँनुभयो । 

उहाँले विद्यालयस्तरबाटै विद्यार्थीलाई राष्ट्रियताको भावना विकास गराउनतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्नुहुने शिक्षिका रस्मिला खनाल, पूर्वविद्यार्थी मनबहादुर भुजेल तथा राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य दुर्गाबहादुर विक र पूर्वप्रधानाध्यापक रोशनलाल गुरुङलाई शिवालय वर्ष सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा रु तीन लाख तथा पूर्वविद्यार्थी डा नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि रु ५० हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाले शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्दै आएको जनाउँदै प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, डा गणपति ओझा, रोशनलाल गुरुङ, पूर्वविद्यार्थी डा नारायण ओझा, मनबहादुर भुजेल, राजेन्द्र ओझा, दुर्गाबहादुर विक, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, सल्लाहकार बलबहादुर गुरुङ, पूर्वविद्यार्थी मञ्चका उपाध्यक्ष शिवराज सुवेदीलगायतले गुणस्तरीय शिक्षाका लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । 

विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विसं २०१७ मा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य