२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आवास निर्माणको प्रस्ताव लिएर मन्त्री झाँक्री राउटे बस्तीमा

२४ पुष २०७८, शनिबार १२:३७

पुस २४, काठमाडौँ | संघीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ। फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन्।

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो। राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदै भनिन्, ‘तपाईँहरुले चाहेकै जस्तो भवन हामी (सरकार) बनाइदिन्छौं, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौं।’ मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सितीमिति सहमत भएनन्।

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’। अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाएका छन्। टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो। मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो।

करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए। तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखे भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिएका छन्।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ। संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अन्तिम रूप दिइने बताए।

‘हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौं,’ उनले भने, ‘त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अस्थायी भवन बनाइदिन्छौं, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून्।’

मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताए। छलफलमा शिक्षा र स्वास्थ्यका सवाललाई राउटे अगुवाहरुले खासै महत्व नदिएको उनको भनाइ छ। यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरे। मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे