२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बाघको आक्रमणबाट घाइते

२४ पुष २०७८, शनिबार १५:४६

पुस २४, नवलपुर | नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ । उहाँको अवस्था चिन्ताजनक छ । बाघको आक्रमणबाट घाइते हुनुभएका कुमाललाई स्थानीयवासीले उद्धार गरी  मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।

नवलपुरको दुम्किबास, अरुणखोला, मध्यविन्दु क्षेत्रमा बाघका कारण स्थानीयवासी त्रसित छन् । यसअघि यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी थप चिन्तित बनेका छन् । उनीहरूले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।

यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले एक सूचना जारी गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईवस्तु चराउन, घाँस काट्न, निउरो, च्याउ टिप्न वन क्षेत्रमा नजान कार्यालयले अनुरोध गरेको छ । बाघ नियन्त्रणका लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जाँदा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह