पुस २५, खिलङ्गा ।  कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । 

सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, खिलङ्गा ।  कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । 

सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छ"/>

2026-08-29 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

पुस २५, खलङ्गा ।  कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । 

सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको जग्गा समेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्कीलगायतका संरचना निर्माण गरेको भेटिएको हो ।  

नापी र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल, सेफ्टी ट्याङ्की गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सब इञ्जिनीयर वीरेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार अतिक्रमण हटाउने अभियानअन्तर्गत गरिएको नापी नक्साबाट दुई पक्की घर, चार जस्तावाला घर, चार पक्की सेफ्टी ट्याङ्की, आठ वटा तारजाली एङ्गलसहितका पर्खाल, एक ढुङ्गाको पर्खाल र पाँच टहरा गरी कूल २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् । 

सडक अतिक्रमण गरी निर्माण भएका दुई पक्की घर र चार सेफ्टी ट्याङ्कीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । 

“पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्र समेत दिएका छौं । पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौ । १५ दिनभित्र नहटाए वा सम्पर्कमा नआएपछि सडक ऐन– २०३१ अनुसार भत्काइने छ”, उहाँले भन्नुभयो, “घरको आङ्गन, निर्माण सामाग्री भत्काउने र हटाउन काम जारी छ ।”

त्यस्तै जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने भएको छ । भने, तारजाली पर्खाल, ढुङ्गाको पर्खाल र टहरालाई शुक्रवार डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो