पुस २६, धनुषा । धनुषामा घरपालुवा जनावर गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाईभैँसीमा लगाइएको छ ।

धनुषामा खोरेत रोगको सङ्क्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, धनुषा । धनुषामा घरपालुवा जनावर गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाईभैँसीमा लगाइएको छ ।

धनुषामा खोरेत रोगको सङ्क्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु"/>

2026-09-12 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

खोरेत रोगविरुद्धको खोप अभियान तीव्र

पुस २६, धनुषा । धनुषामा घरपालुवा जनावर गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाईभैँसीमा लगाइएको छ ।

धनुषामा खोरेत रोगको सङ्क्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले जिल्लाभरिमा ६५ हजार गाईभैँसीमा निःशुल्क  सो खोप दिएको छ । विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले गत ७ पुसदेखि सुरु गरिएको अभियानको क्रममा  धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित १८ स्थानीय तहको पशु शाखामार्फत खोप दिने काम भएको जानकारी दिनुभयो ।

डा साहले खोरेत रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न  थालेपछि एफएमडि खोप दिइएको बताउनुभयो । पशुमा महामारीको रूप फैलिएको खोरेत रोगविरुद्धको खोप अभियानपछि अहिले नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले दाबी गरेको छ । यस रोगमा पशुको खुर तथा मुखमा घाउ हुने भएको तर खोप अभियानपछि घाउ निको पनि हुन थालेको बताइएको छ ।

खास गरेर खोरेत लागेपछि खुट्टा तथा मुखमा घाउ भएर कीरा लाग्ने र पशुले खान छोडेर पछि लडेर मृत्यु हुने गर्दछ । पशुमा प्राणघातक रोगको रुपमा रहेको खोरेत  छिमेकी जिल्ला सिरहाबाट धनुषामा सरेको डा साहले बताउनुभयो ।

चालू आर्थिक वर्ष २०७८÷७९मा जिल्लाभरिमा एक लाख ३० हजार चौपायामा खोरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको कार्यालयले पहिलो चरणमा ६५ हजार पशुलाई खोप लगाइसकेको तथा खोप अभियान निरन्तर जारी रहेको केन्द्रका प्रमख ईन्द्रदेव साहले जानकारी दिनुभयो । उहाँले बाँकी पशुमा पनि आगामी दुई महिनाभित्रै खोप लगाइसक्ने केन्द्रले जनाएको छ ।

खोप अभियानमा ३६ खोपकर्तालाई परिचालन गरिएको र उनीहरुले घर–घरमै पुगेर पनि सेवा दिने गरेका छन् । खोप पूर्णतः निःशुल्क रहेको छ ।

पशुपालनका लागि राम्रो सम्भावना भएको धनुषामा चालू आर्थिक वर्षमा पनि सबै पालिकाका पशुको लागि पूर्ण खोप कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्लाभरिकै सबै गाइभैँसीमा एक चरणको खोप लगाइसकेपछि आगामी जेठ महिनादेखि बुस्टर डोज लगाउने जानकारी दिँदै डा साहले भन्नुभयो, “मौसम अनुकूलता र निर्धारित समय अनुसार चौपायामा खोप लगाउने भएकोले सोही प्रक्रिया अनुसार चिसो सकिएपछि मात्रै दोस्रो चरणको खोप लगाइनेछ ।”

मङ्सिर महिनामा खोरेत रोगकै कारण जिल्लाभरिमा ६५ वटा चौपाया मरेको खोरेत रोगनियन्त्रण प्रयोगशाला काठमाडौँको तथ्याङ्कले देखाएको छ । १५ वटा गाईभैँसी तथा ५० वटा बाच्छबाच्छी खोरेत रोगकै प्रकोपले मरेकोले यो रोग अझै फैलिन नदिन तथा सोको पूर्ण नियन्त्रणको लागि खोप अभियानलाई तीव्रता दिइएको हो ।

खोरेत रोग निक्कै सङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुमासमेत सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नुपर्ने सुझाव पशु चिकित्सकले दिएका छन् ।

विभिन्न सात प्रकारको भाइरसबाट सर्ने खोरेत रोगको धनुषामा ‘ओ’ टाइप भाइरसको सङ्क्रमण फेला परेको बताइएको छ । एक पटक लगाएपछि तीन वर्षसम्म खोप लगाउनु नपर्ने भएकोले खोप अभियानलाई सघाउन किसान आफै पनि संवेनशील भई कुनै पशु नछुट्ने गरी सहयोग गर्नुपर्ने धारणा पशु विज्ञहरुको छ । 

खोरेत लागेको आशङ्का हुने वित्तिक्कै पशुको आवतजावत तथा चरिचरणको लागि बाहिर निस्कन पूर्णतः रोक लगाउनुपर्ने सुझाव पशुविज्ञहरुले दिएका छन् । रोग लाग्ने वित्तिक्कै किसानले पायक पर्ने पशुसेवा कार्यालयमा सम्पर्क  गर्न आग्रहसमेत गरिएको छ । त्यसैगरी भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप माघ १ गतेदेखि लगाउन सुरु गरिने जनाइएको छ । केन्द्रले चालू आर्थिक वर्षमा एक लाख ३६ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा