पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ ।"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अब इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ

२७ पुष २०७८, मंगलवार ०७:२०

पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ ।

 मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ । झापा हुँदै मेची राजमार्ग भएर आउने पाहुनालाई लक्षित गरेर निर्माण गरिएको मूर्ति जिल्लाको संस्कृतिको प्रवद्र्धन काशेढुङ्गाका रुपमा काम गर्ने जनाइएको छ ।  अढाइ सय किलोको सो मूर्ति  चर्चित मूर्तिकार विष्णु श्रेष्ठले बनाउनुभएको हो । जिल्लामा चिया बगान स्थापना गर्ने गजराज सिंह थापा र शङ्खधर साँख्वाको मूर्तिसमेत उहाँले नै निर्माण गर्नु भएको बताइएको छ ।

विक्रम सम्बत १९२० मा इलामका बडाहाकिम गजराज सिंह थापाले चिया रोपन सुरु गर्नुभएको इतिहास छ । विसं १९३५ मा बगान रहेको स्थानमा इलाम चिया कारखाना स्थापना गरिएको थियो । इलाम नगरपालिका–७ मा रहेको नेपालको पुरानो चिया बगान र चिया कारखानामा काम गर्ने मजदूरको सम्मानमा इलाम नगरपालिकाले महिला चिया मजदूरको मूर्ति स्थापना गरेको जनाएको छ ।

श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । मजदूरको जीवनस्तर उकास्न  र उनीहरुको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ । उहाँले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताउनुभयो । यस सालिक भएको स्थानमा पहिला राजाको सालिक थियो । गणतन्त्र घोषणापछि सालिक हटाइएको थियो । 

इलाम नगरको सौन्दर्यीकरण बढाउन नगरपालिकाले विभिन्न राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेको छ । विभिन्न चोक तथा घुम्तीमा मूर्ति निर्माण गरिएको छ ।  कला र संस्कृति गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरको सौन्दर्यीकरणका लागि देशका ख्यातिप्राप्त व्यक्तित्वको सालिक स्थापनामा जोड दिइएको नगर प्रमुख महेश बस्नेत जानकारी दिनुभयो । 

नगरका विभिन्न स्थानमा दर्जनौं मूर्ति यहाँ राखिएको छ । यी मूर्तिहरुले जिल्लाको गौरव बढाएको यहाँ आउने पर्यटकले बताएका छन् । धेरैले पछिल्लो समय इलामलाई मूर्तिको सहर समेत भनेर भन्न थालेका छन् । नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको सङ्ग्रहालयमा अरनिकोको सालिक राखेको छ ।

यहाँ संस्कृति झल्काउने पञ्चैबाजा बजाएको मूर्तिसमेत राखिएका छन् । साहित्यकार पारिजात, हाँस्य व्यङ्ग्यकार विष्णु नवीन, महानन्द सापकोटाको सालिक अलगअलग स्थानमा स्थापना गरिएको छ । त्यस्तै इलाम चियाबारीमा जातजातीको पोशाक झल्किने मूर्ति समेत राखिएको छ । मुर्ति स्थापना कार्यले ऐतिहासिक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झना मात्र होइन पर्यटन, कला संस्कृतिको विकास हुने देखिन्छ ।

यसले जिल्लाको पहिचान मात्र नभइ भावी सन्ततिलाई समेत पूर्खाको सम्झना दिलाउने बताइएको छ । सालिक निर्माण गर्नेका परिवारका सदस्यलाईसमेत राम्रो काम गर्न र गराउन उत्प्रेरण जगाउने देखिन्छ । तर नगरपालिकाले निर्माण गरिएका सालिकको स्याहार भने गरेको पाइँदैन ।  सुरक्षाका लागिसमेत  ध्यान दिएको पाइँदैन । पहिले केही सालिकको तोडफोडसमेत भएको थियो । निर्माण भएका शालिकको जगेर्ना गर्नु सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य