Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उदयपुरका २८ वर्षीय निर्मल उपचार गराउन नसक्दा बन्धनमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, गाईघाट । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् ।

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिनादेखि महिलामाथि हातपात तथा कुटपिट गर्नुका साथै अरुको घरमा ढुङ्गा प्रहार गरेर गालीगलौज गर्न थालेकाले प्रहरीको सहमतिमा गाउँलेले उनलाई घरमा साङ्लोले बाँधेर राखेको खड्काका दाजु राजन खड्काले बताउनुभयो ।

घरको आर्थिक अवस्था कमजोर भएकाले खड्काको उपचार गराउन नसक्दा अरुको सुरक्षाका लागि आफ्नै छारोलाई साङ्लोले बाँधेर राख्नुपरेको खड्काकी आमा देवकीदेवी खड्का बताउनुहुन्छ ।

देवकी भन्नुहुन्छ – “उपचारका लागि भारतको राँची वा काठमाडौँ लान पाए छोराको अवस्थामा सुधार हुन्थ्यो होला तर रु. पाँच लाखभन्दा बढी खर्च लाग्ने कुरा सुनेकाले सो रकम जुटाउन नसक्दा छोरालाई रातदिन साङ्लोमा बाँधेर राख्नुपरेको छ ।” चौबिसै घण्टा बाँधेर राख्दा उसको हातखुट्टामा घाउ भएर रगत आउन थालेको छ ।

छोराको उपचारका लागि देवकीले सबैसँग आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । रासस