भदौ ८, काठमाडौँ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिसहितका टोलीले कञ्चनपुर घटनाको स्थलगत अनुगमनका लागि आज त्यसतर्फ जानुभएको छ । 

समितिका सभापति रञ्जुकुमारी झाको नेतृत्वमा सांसदहरु आनन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिसहितका टोलीले कञ्चनपुर घटनाको स्थलगत अनुगमनका लागि आज त्यसतर्फ जानुभएको छ । 

समितिका सभापति रञ्जुकुमारी झाको नेतृत्वमा सांसदहरु आनन्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनुगमन टोली कञ्चनपुरतर्फ

८ भाद्र २०७३, बुधबार ०८:५१

भदौ ८, काठमाडौँ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिसहितका टोलीले कञ्चनपुर घटनाको स्थलगत अनुगमनका लागि आज त्यसतर्फ जानुभएको छ । 

समितिका सभापति रञ्जुकुमारी झाको नेतृत्वमा सांसदहरु आनन्दी पन्त, कलशादेवी महरा, मुक्ताकुमारी यादव, दुर्गा खनाल र रुक्मिणी चौधरीसहितका टोलीले कञ्चनपुरमा भएको रामदुलारी रानाको हत्यासम्बन्धी घटनाको सत्य तथ्य बुझ्न स्थलगत अनुगमनका लागि त्यसतर्फ जानुभएको हो । 

सभापति झाले घटनाको तथ्य बाहिर ल्याउन स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको स्थानीयको गुनासो आएकाले समितिले स्थलगत अनुगमनका लागि जाने निर्णय गरेको जानकारी दिनुभयो । 

छिमेकी प्रकाश मल्लसँग प्रेममा परेको भनिएकी राना गत जेठ १८ गते घरबाट हराएकी थिइन् । उनको शव जेठ २२ गते फेला परेको थियो । उनको अढाइ वर्षको छोरो छ । रामदुलारीका ससुरा पदम रानाले मल्ल परिवारका छ सदस्यका नाममा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा नलिएको र वास्तविक अपराधीलाई कारबाही नगरेको भन्दै स्थानीयवासीले विरोधका विभिन्न कार्यक्रमसमेत गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य