पुस २९, राँझा | नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, राँझा | नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना प"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

२९ पुष २०७८, बिहीबार ०५:५९

पुस २९, राँझा | नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।  पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन् । यी सबै बाहिरी जिल्लाका हुन् । कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ । 

प्रशासनले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्नलगायत कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान