पुस २५ रत्ननगर | गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५ रत्ननगर | गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणक"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चार दिनमै समापन गरियो चितवन महोत्सव

पुस २५ रत्ननगर | गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गर्नुभएको हो ।

“कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अर्को वर्ष हामी १४औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको  घोषणा आजै गर्छु ।” चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसँगै महोत्सव समापन गरिएको बताइएको छ । महोत्सव आगामी माघ ४ गते समापन गर्ने कार्यक्रम थियो । 

चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा रहेको चितवन महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टाछुट्टै परिसर रहेका थिए । त्यस्तै महोत्सवमा चारवटा विशेष स्टल तथा डोमसहित बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीलगायत ३५० वटा स्टल राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक