२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

१ माघ २०७८, शनिबार ०७:५२

माघ १, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । 

साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । “चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको उहाँले बताउनुभयो । “चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ”, उहाँले भन्नुभयो । 

दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो । “घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो । 

बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । “चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो”, उहाँले भन्नुभयो । 

प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ । 

दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान