नन्दराम जैशी/भदौ ८, जुम्ला । चोरीको घटनामा संलग्न जुम्लाका दुई जना युवा भरुवा बन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । 

जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट सामन तथा नगद रुपैया चोरी गर्ने दुई जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ ८, जुम्ला । चोरीको घटनामा संलग्न जुम्लाका दुई जना युवा भरुवा बन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । 

जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट सामन तथा नगद रुपैया चोरी गर्ने दुई जना"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चोरीमा संलग्न दुई युवा भरुवा बन्दुकसहित पक्राउ

८ भाद्र २०७३, बुधबार १२:२२

नन्दराम जैशी/भदौ ८, जुम्ला । चोरीको घटनामा संलग्न जुम्लाका दुई जना युवा भरुवा बन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । 

जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट सामन तथा नगद रुपैया चोरी गर्ने दुई जनालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

प्रहरी नायव उपरिक्षक विष्णुहरि कोइरालाका अनुसार छुमचौर–७ का श्रीबहादुर वुढा र पातारासी– ३ वस्ने चन्द्र वीर ऐडी पक्राउ परेका छन् । उनीहरु भदौ १ गते भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।  

चोरीमा पाँच/सात जनाको समुह संलग्न भएकोमा दुई जनालाई पक्राउ गरिएको र बाँकी खोजी भइरहेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए । चोरीमा संलग्न श्रीबहादुरको घरबाट भरुवा बन्दुक बरामत गरिएको हो । 

हतियार धारी चारी गर्ने समुहले भदौ १ गते पृथ्वीबहादुर र कृष्णबहादुरको घरबाट ६ लाख ९४ हजार रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेका थिए । जुम्लामा हतियार धारी समुह भएको जानकारी पाए पछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । चोरी भइरहेको गाउँहरुमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अहिले चारी गर्ने समुह सक्रिय भइरहेको इलाकाहरुमा प्रहरीले छापा हान्नेदेखि नियमित गस्ती बढाइरहेको छ । यसअघि सदरमुकाम खलंगाको एयरपोर्टमा प्रहरी गस्तीलाई लक्षित गर्दै पेस्तोल पड्काउने एक जनालाई प्रहरीले पक्रेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे