२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

पुख्र्यौली पेसा संरक्षणमा जुटे मानन्धर युवा

२०७८, २ माघ आईतवार ०८:०८

माघ २, भक्तपुर | भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुख्र्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुख्र्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् । 

पछिल्लो समय ती समुदाय अधिकांश युवाले आफ्नो पेसा प्रति आकर्षित हुन सकिरहेका छैनन् । भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको अगुवाइमा करिब लोप हुने अवस्थामा पुगेको परम्परागत पेसालाई पुनरुत्थान गर्न ती समुदायका युवा  अघि सरेका हुन् । प्रारम्भिक चरणका छलफलमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका ती समुदायका युवा सहभागीले तोरीको तेल उत्पादनसम्बन्धी अध्ययन समितिसमेत गठन गरेका छन् ।

समितिको संयोजकमा भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर रहनुभएको छ भने सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन् । “लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीका रूपमा विकास गर्छौ” भक्तपुर चेम्बरका अध्यक्ष एवम् अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भन्नुभयो । साना उद्योगका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेसा पूँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तरसम्बन्धीको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उहाँको दाबी छ । 

भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवालाई समेटेर परम्परागत पेसालाई लोप हुनबाट बचाउने अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुख्र्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्रान्ड बनाउनको लागि सङ्घको अगुवाइमा अध्ययन समिति बनाएको अध्यक्ष न्हुछेरत्नले बताउनुभयो । समितिले भक्तपुरमा स्थानीयस्तरमा परम्परागतरुपमा भइरहेको तोरीको तेलको उत्पादन, व्यवसायीका समस्या र चुनौतीका बारेमा व्यवसायीसँग थप छलफलका साथै यसको बजारको अवस्था, गुणस्तरका बारेमा समेत विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।

छलफलमा पुख्र्यौली पेसा अँगाल्दै आएका नगरको साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुर थिमिको चोडे टोलका व्यवसायीहरू,सङ्घका कार्यसमिति पदाधिकारी तथा सदस्यहरू र चेम्बरका प्रतिनिधिहरु सहभागी थिए । दोस्रो चरणमा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत समेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै