२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

पुख्र्यौली पेसा संरक्षणमा जुटे मानन्धर युवा

२ माघ २०७८, आईतवार ०८:०८

माघ २, भक्तपुर | भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुख्र्यौली पेसालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुख्र्यौली पेसा तेलको व्यापार हो । केही युवाका पहलमा पेसालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जेटेका हुन् । 

पछिल्लो समय ती समुदाय अधिकांश युवाले आफ्नो पेसा प्रति आकर्षित हुन सकिरहेका छैनन् । भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको अगुवाइमा करिब लोप हुने अवस्थामा पुगेको परम्परागत पेसालाई पुनरुत्थान गर्न ती समुदायका युवा  अघि सरेका हुन् । प्रारम्भिक चरणका छलफलमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका ती समुदायका युवा सहभागीले तोरीको तेल उत्पादनसम्बन्धी अध्ययन समितिसमेत गठन गरेका छन् ।

समितिको संयोजकमा भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर रहनुभएको छ भने सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन् । “लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीका रूपमा विकास गर्छौ” भक्तपुर चेम्बरका अध्यक्ष एवम् अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भन्नुभयो । साना उद्योगका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेसा पूँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तरसम्बन्धीको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उहाँको दाबी छ । 

भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवालाई समेटेर परम्परागत पेसालाई लोप हुनबाट बचाउने अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैले पुख्र्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्रान्ड बनाउनको लागि सङ्घको अगुवाइमा अध्ययन समिति बनाएको अध्यक्ष न्हुछेरत्नले बताउनुभयो । समितिले भक्तपुरमा स्थानीयस्तरमा परम्परागतरुपमा भइरहेको तोरीको तेलको उत्पादन, व्यवसायीका समस्या र चुनौतीका बारेमा व्यवसायीसँग थप छलफलका साथै यसको बजारको अवस्था, गुणस्तरका बारेमा समेत विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।

छलफलमा पुख्र्यौली पेसा अँगाल्दै आएका नगरको साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुर थिमिको चोडे टोलका व्यवसायीहरू,सङ्घका कार्यसमिति पदाधिकारी तथा सदस्यहरू र चेम्बरका प्रतिनिधिहरु सहभागी थिए । दोस्रो चरणमा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेत समेट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण