२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

२ माघ २०७८, आईतवार ०८:५१

माघ २, गलेश्वर | म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो । यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थमा समेत कडाइका साथ लागू गरिने भएको छ ।  जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका  क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारवाही गरिने बताउनुभयो । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमति ३२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ