माघ २, काठमाडौँ | वीरगञ्जलाई प्रदेश–२ को स्थायी राजधानी बनाउनुपर्ने माग राख्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि विरोध प्रदर्शन भएको छ ।
वीरगञ्ज–१३ तेजारथ टोलस्थित मुख्यमन्त्री निवास अगाडि युवाहरूले प्रदर्शन गरेका हुन् ।
ती युवाको समूहले आज बिहान नाराबाजीसहित प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले वीरगञ्ज राजधानी कायम गर, वीरगञ्ज बेच्न पाइदैन, वीरगञ्जबासी जिन्दावाद, मुख्यमन्त्री चाहिँदैनजस्ता नारा लगाएका थिए ।
वीरगञ्जलाई राजधानी बनाउन मुख्यमन्त्रीले लबिङ गर्नुपर्नेमा मौन बसेर जनमतको अपमान गरेको उनीहरूको आरोप छ ।