२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

खुदोसँग जोडिएको इतिहास फर्काउँदै मालेपाटन र ढोडबेँसीवासी

२ माघ २०७८, आईतवार १०:५७

माघ २, गण्डकी | लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने कुरा अधिकांश स्थानमा पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनिसकेको छ ।

 पाखा बारीभरी लगाएको उखु पेलेर पकाउनका लागि रसेटो बस्ने परम्परा पनि हराइसकेको छ । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप नै भइसकेका अवस्थामा जिल्लाकै पोखरा महानगरपालिका–३२ मालेपाटन र ढोडबेँसीका स्थानीयवासीले भने खुदोसँग जोडिएको गाउँको इतिहास फर्काउने सोचमा छन् ।

खुदो उत्पादनमा पहिचान बनाइसकेका मालेपाटन र ढोडबेँसीमा विगतमा जस्तो उखु खेती नभए पनि दुई सय वर्ष अघिदेखिको खुदोसँग जोडिएको गाउँको इतिहास र पहिचानलाई पछिल्लो पुस्ताले कायमै राख्न चाहेको स्थानीयवासी एवं मालेपाटन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणप्रसाद वाग्लेले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि उखुखेती गर्दै आइएको छ । विशेषतः पुस १५ (पुसे पन्ध्र)मा लट्टे(घ्यू र खुदो हालेर पकाइएको अनदीको चामलको परिकार) का साथै माघे सङ्क्रन्तिमा खुदो र चिउरा खाने प्रचलनका कारण पनि यो समयलाई खुदोको सिजनका रुपमा लिने गरिएको छ । यस समयमा विगतमा यही मालोपाटन र ढोडबेँसीको खुदो कास्की र आसपासका जिल्लामा गाग्रीमा बोकेर बेच्न लगिन्थ्यो । यहाँको खुदो भनेपछि विगतमा नै खोसाखोस हुने गरेको यहाँका बुढापाका बताउँछन् । समयको परिवर्तनसँगै विगतमा बोकेर गाउँगाउँ पुर्याउनुपर्ने खुदो अहिले भने घरघरबाटै बिक्री हुन थालेको छ । उत्पादन कम हुँदै गएपनि माग भने अत्यधिक रहेको वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उखु खेतीसँगै खुदो उत्पादनसँग जोडिएको यहाँको इतिहासलाई जोगाउँदै स्थानीयवासीलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने सोचका साथ २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको हो । “सहकारी स्थापनायता खुदो र दूधको उत्पादन एवं बजारीकरणमा सहकारी स्वयम् आवद्ध छ”, उहाँले भन्नुभयो, “सहकारीमार्फत बाख्रा, कुखुरापालन लगायतमा किसानलाई ऋण सहयोग उपलब्ध गराइएको छ ।” खुदो र दूधका लागि सहकारीले वार्षिक रु चार÷चार लाख छुट्याएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ६०÷७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको बताउने स्थानीय किसान विष्णुप्रसाद बसौलाले पछिल्लो वर्षमा उखुमा देखिएको रोगका साथै कृषिप्रतिको अनिच्छाका कारण पनि यो खेती कम हुँदै गएको बताउनुभयो । यस क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखुखेती गर्दै आएका छन् । उहाँका अनुसार बीउ लगाएको एक वर्षमा उखुको लाक्रा काट्नका लागि तयार हुन्छ । काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । उक्त रसलाई करिब पाँच घन्टा पकाएपछि खुदो तयार हुन्छ । 

यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउथे । २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ भने पकाउने कामलाई पनि व्यवस्थित बनाइएको अर्का किसान तलसी तिमिल्सिनाले जानकारी दिनुभयो ।

मालेपाटन र ढोडबेँसीको नाममा अन्य स्थानको खुदो पनि बजारमा बिक्री हुन थालेपछि यहाँको पहिचानलाई जोगाउन पोखरा महानगरपालिकाको सहयोगमा हालै यहाँको खुदो ब्रान्डिङ गरिएको छ । ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटर परिमाणको बोतल हालै बजारमा आएको छ । गुणस्तर परीक्षणसहित सिलबन्दी गरिएको खुदोको खुद्रा मूल्य रु ३५० निर्धारण गरिएको छ । 

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको जानकारी दिनुभयो । यहाँको खुदोको ब्राण्डिङका साथै प्रविधिलगायतमा महानगरपालिकाले रु तीन लाख ५० हजार विनियोजन गरेको उहाँको भनाइ छ । उखु खेतीमा लाग्ने गरेको किराका कारण उत्पादनमा हस आएको र यसले स्थानीयवासीलाई चिन्तित बनाएको स्थानीयवासी समाजसेवी तारानाथ रिजालले बताउनुभयो । 

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको उहाँले बताउनुभयो । उखुमा लाग्ने गरेको उढुवा, ढुसीजन्य रोगले उत्पादनमा हस आएको बताउँदै उहाँले यी रोगको रोकथामका साथै राज्यबाट प्राविधिक सहयोगको निरन्तरता हुनुपर्ने बताउनुभयो । “राज्यबाट निरन्तरको साथ र सहयोग भएमा यहाँका स्थानीयवासी खुदोसँग जोडिएको इतिहास र पहिचानलाई जोगाउन इच्छुक छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ