2026-09-12 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

खुदोसँग जोडिएको इतिहास फर्काउँदै मालेपाटन र ढोडबेँसीवासी

माघ २, गण्डकी | लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने कुरा अधिकांश स्थानमा पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनिसकेको छ ।

 पाखा बारीभरी लगाएको उखु पेलेर पकाउनका लागि रसेटो बस्ने परम्परा पनि हराइसकेको छ । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप नै भइसकेका अवस्थामा जिल्लाकै पोखरा महानगरपालिका–३२ मालेपाटन र ढोडबेँसीका स्थानीयवासीले भने खुदोसँग जोडिएको गाउँको इतिहास फर्काउने सोचमा छन् ।

खुदो उत्पादनमा पहिचान बनाइसकेका मालेपाटन र ढोडबेँसीमा विगतमा जस्तो उखु खेती नभए पनि दुई सय वर्ष अघिदेखिको खुदोसँग जोडिएको गाउँको इतिहास र पहिचानलाई पछिल्लो पुस्ताले कायमै राख्न चाहेको स्थानीयवासी एवं मालेपाटन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणप्रसाद वाग्लेले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि उखुखेती गर्दै आइएको छ । विशेषतः पुस १५ (पुसे पन्ध्र)मा लट्टे(घ्यू र खुदो हालेर पकाइएको अनदीको चामलको परिकार) का साथै माघे सङ्क्रन्तिमा खुदो र चिउरा खाने प्रचलनका कारण पनि यो समयलाई खुदोको सिजनका रुपमा लिने गरिएको छ । यस समयमा विगतमा यही मालोपाटन र ढोडबेँसीको खुदो कास्की र आसपासका जिल्लामा गाग्रीमा बोकेर बेच्न लगिन्थ्यो । यहाँको खुदो भनेपछि विगतमा नै खोसाखोस हुने गरेको यहाँका बुढापाका बताउँछन् । समयको परिवर्तनसँगै विगतमा बोकेर गाउँगाउँ पुर्याउनुपर्ने खुदो अहिले भने घरघरबाटै बिक्री हुन थालेको छ । उत्पादन कम हुँदै गएपनि माग भने अत्यधिक रहेको वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उखु खेतीसँगै खुदो उत्पादनसँग जोडिएको यहाँको इतिहासलाई जोगाउँदै स्थानीयवासीलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने सोचका साथ २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको हो । “सहकारी स्थापनायता खुदो र दूधको उत्पादन एवं बजारीकरणमा सहकारी स्वयम् आवद्ध छ”, उहाँले भन्नुभयो, “सहकारीमार्फत बाख्रा, कुखुरापालन लगायतमा किसानलाई ऋण सहयोग उपलब्ध गराइएको छ ।” खुदो र दूधका लागि सहकारीले वार्षिक रु चार÷चार लाख छुट्याएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ६०÷७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको बताउने स्थानीय किसान विष्णुप्रसाद बसौलाले पछिल्लो वर्षमा उखुमा देखिएको रोगका साथै कृषिप्रतिको अनिच्छाका कारण पनि यो खेती कम हुँदै गएको बताउनुभयो । यस क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखुखेती गर्दै आएका छन् । उहाँका अनुसार बीउ लगाएको एक वर्षमा उखुको लाक्रा काट्नका लागि तयार हुन्छ । काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । उक्त रसलाई करिब पाँच घन्टा पकाएपछि खुदो तयार हुन्छ । 

यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउथे । २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ भने पकाउने कामलाई पनि व्यवस्थित बनाइएको अर्का किसान तलसी तिमिल्सिनाले जानकारी दिनुभयो ।

मालेपाटन र ढोडबेँसीको नाममा अन्य स्थानको खुदो पनि बजारमा बिक्री हुन थालेपछि यहाँको पहिचानलाई जोगाउन पोखरा महानगरपालिकाको सहयोगमा हालै यहाँको खुदो ब्रान्डिङ गरिएको छ । ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटर परिमाणको बोतल हालै बजारमा आएको छ । गुणस्तर परीक्षणसहित सिलबन्दी गरिएको खुदोको खुद्रा मूल्य रु ३५० निर्धारण गरिएको छ । 

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको जानकारी दिनुभयो । यहाँको खुदोको ब्राण्डिङका साथै प्रविधिलगायतमा महानगरपालिकाले रु तीन लाख ५० हजार विनियोजन गरेको उहाँको भनाइ छ । उखु खेतीमा लाग्ने गरेको किराका कारण उत्पादनमा हस आएको र यसले स्थानीयवासीलाई चिन्तित बनाएको स्थानीयवासी समाजसेवी तारानाथ रिजालले बताउनुभयो । 

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको उहाँले बताउनुभयो । उखुमा लाग्ने गरेको उढुवा, ढुसीजन्य रोगले उत्पादनमा हस आएको बताउँदै उहाँले यी रोगको रोकथामका साथै राज्यबाट प्राविधिक सहयोगको निरन्तरता हुनुपर्ने बताउनुभयो । “राज्यबाट निरन्तरको साथ र सहयोग भएमा यहाँका स्थानीयवासी खुदोसँग जोडिएको इतिहास र पहिचानलाई जोगाउन इच्छुक छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन