2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अनलाइन टोकन प्रणाली सुरु

माघ ३, चितवन | जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै सवारी नवीकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिनुभयो । एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नवीकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड बढेकाले एक पटकमा २५ जनाभन्दा बढी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने स्थानीय प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरेका हौँ ।” भीडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरिएको छ ।

कोभिडका कारण कार्यालय बन्द हुन नदिन भीडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उहाँले बताउनुभयो । सेवाग्राहीले कार्यालयको वेबसाइटमा गएर सजिलै अनलाइन टोकन लिन सकिने छ । वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्नेछन् ।

कार्यालयको प्रणालीले एक घण्टामा १५ जना

लाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ । सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन् । उहाँले थप्नुभयो, “सिस्टमले समय दिन्छ । पहिलो १५ जनालाई १० देखि ११ बजे, दोस्रो १५ जनालाई ११ देखि १२ बजे, यसरी समय दिन्छ, ११ देखि १२ बजेलाई समय दिएको सेवाग्राही अरु समयमा आउनुपर्दैन ।” अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको उहाँले वताउनुभयो । कार्यालयले मङ्सिर १२ गतेबाट लाइसेन्स नवीकरण सेवा सुरु गरेको थियो । सेवा सुरु भएकोसँगै मङ्सिर १३ गतेबाट नै अनलाइन टोकन सुरु गरिएको हो ।

कार्यालयमा अहिले दैनिक ६० भन्दा बढी लाइसेन्स नवीकरण सेवा बारे परामर्श लिन आउने गरेका छन् । तीमध्ये दैनिक ४० भन्दा बढीले नवीकरण सेवा लिने गरेका छन् । कार्यालयले अहिलेसम्म ६०० भन्दा बढी लाइसेन्स नवीकरण गरिसकेको छ । कार्यालयले पेपरकार्ड र स्मार्ट दुबै लाइसेन्स नवीकरणको सेवा दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक