२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अनलाइन टोकन प्रणाली सुरु

३ माघ २०७८, सोमबार ०६:०५

माघ ३, चितवन | जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै सवारी नवीकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिनुभयो । एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नवीकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड बढेकाले एक पटकमा २५ जनाभन्दा बढी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने स्थानीय प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरेका हौँ ।” भीडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरिएको छ ।

कोभिडका कारण कार्यालय बन्द हुन नदिन भीडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उहाँले बताउनुभयो । सेवाग्राहीले कार्यालयको वेबसाइटमा गएर सजिलै अनलाइन टोकन लिन सकिने छ । वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्नेछन् ।

कार्यालयको प्रणालीले एक घण्टामा १५ जना

लाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ । सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन् । उहाँले थप्नुभयो, “सिस्टमले समय दिन्छ । पहिलो १५ जनालाई १० देखि ११ बजे, दोस्रो १५ जनालाई ११ देखि १२ बजे, यसरी समय दिन्छ, ११ देखि १२ बजेलाई समय दिएको सेवाग्राही अरु समयमा आउनुपर्दैन ।” अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको उहाँले वताउनुभयो । कार्यालयले मङ्सिर १२ गतेबाट लाइसेन्स नवीकरण सेवा सुरु गरेको थियो । सेवा सुरु भएकोसँगै मङ्सिर १३ गतेबाट नै अनलाइन टोकन सुरु गरिएको हो ।

कार्यालयमा अहिले दैनिक ६० भन्दा बढी लाइसेन्स नवीकरण सेवा बारे परामर्श लिन आउने गरेका छन् । तीमध्ये दैनिक ४० भन्दा बढीले नवीकरण सेवा लिने गरेका छन् । कार्यालयले अहिलेसम्म ६०० भन्दा बढी लाइसेन्स नवीकरण गरिसकेको छ । कार्यालयले पेपरकार्ड र स्मार्ट दुबै लाइसेन्स नवीकरणको सेवा दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की