2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

चुलाचुली गुफा ओझेलमा

माघ ३, भोजपुर | भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा  खोलाका बगर झै कुदिएका छन् । दलगाउँको दिपेनीमा रहेको यो  गुफाभित्र महादेवको मूर्ति रहेको स्थानीयवासीको भनाइ छ । 

स्थानीयवासी हरिबहादुर राईले भन्नुभयो,‘‘परापूर्व कालदेखि नै यो ठाउँका ढुङगा यस्तै छन् । यो एउटा धार्मिकस्थल हो । यहाँको गुफाभित्र शिवको मूर्ति पनि छ ।’’दुर्गम तथा प्रचारप्रसार नभएको कारण यो स्थान ओझेलमा परेको राईको भनाइ छ । ‘‘यस्तो प्रकारका अनांैठो धार्मिकस्थल नेपालमा कमै होलान् । हेर्न आउने यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्ममा परेर हामीलाई सोध्छन्”, राईले भन्नुभयो,‘‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’’ 

यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने स्थानीयवासी शान्तकुमार राईले  बताउनुभयो । अहिले दैनिक रुपमा दुई समूह मानिस आउने गरेको उहाँको भनाइ छ । राईले भन्नुभयो,‘‘यो ठाउँ निकै सुन्दर र अनौंठो प्रकारको छ । अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन् । हामी स्थानीयवासीले दैनिक रुपमा पूजाआजा गर्दै आएका छौँ ।’’

गाउँपालिकाले यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवदेन तयार गरेर काम गरिरहेको जनाएको छ । यसलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो । राईले भन्नुभयो,‘‘यहाँको ढुङ्गाको बनावटले सबैलाई अचम्म पार्छ । अहिले यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको छ ।’’ संरक्षण तथा सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेराबार गरिरहेको छ । यसलाई थप व्यवस्थित गरेर लैजाने तयारीका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।  उपाध्यक्ष राईले भन्नुभयो,‘‘यस क्षेत्रको निकै ठूलो धार्मिक महत्व छ । यो ठाउँ ओझेलमा थियो तर जनप्रनिधि आएपछि स्थानीयवासीको चाहना अनुसार यो ठाउँको विकासमा जुटेका छौँ ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक