बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ओझेलमा ‘पुरानो गाउँ’

३ माघ २०७८, सोमबार १०:३४

माघ ३, बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो छाडेर तल झरे । बस्ती सरेपनि ‘पुरानो गाउँ’को चिनारी भने मेटिएन । 

अहिलेसम्मै त्यही नाउँ चल्तीमा छ । प्रकृतिको भव्यतासँगै इतिहास र संस्कृतिका पक्षबाटसमेत पुरानो गाउँको भिन्न महत्व छ । जैमिनी नगरपालिका–८ छिस्तीका बासिन्दाले वडाको ठूलो सम्पत्तिका रुपमा त्यसलाई लिन्छन् । बेलाबेला पर्यटन र पूर्वाधार विकासका योजनासँग पुरानो गाउँलाई जोड्नुपर्ने आवाज उठाउँछन् । 

केवैका डिलबहादुर श्रीसले पुरानो गाउँलाई चिन्न नसकी ओझेलमा परेको वैभवका रुपमा चित्रित गर्नुभयो । “भुरे, टाकुरे राज्यका पालामा यहाँबाट राजकाज चल्थ्यो, त्यसबेला यसको सम्बन्ध गलकोट राज्यसँग थियो”, इतिहास कोट्याउँदै उहाँले भन्नुभयो, “गल्छिना, कोतघर र गाउँको अवशेष अहिले पनि भेटिन्छ ।” 

श्रीसका अनुसार किसानले त्यहाँका टापु र खर्कमा बाली उब्जाउने, बस्तुभाउ पाल्ने र गोठ बस्ने गर्थे । उहिले बनेका पोखरी, चौपारी, मन्दिर जस्ता संरचना अहिले पनि जङ्गलबीच देख्न सकिन्छ । गाउँलेका भनाइमा वर्षात्का बेला पोखरीको पानी खाँदा हैजा चलेपछि मानिस त्यहाँबाट बसाइँ सरेका थिए ।

कतै घना जङ्गल, कतै समथर घाँसे मैदानसहित रमणीय भू–बनोटमा पुरानो गाउँ अवस्थित छ । अहिले पनि तलका गाउँले घाँस दाउरा गर्न र भेँडाको चरिचरनका लागि त्यहाँ पुग्छन् । सिङ्गै क्षेत्रलाई पुरानो गाउँ भनिए पनि त्यहाँ स–साना टापु, देउराली र खर्क छन् । करिब सात हजार रोपनीमा त्यो फैलिएको श्रीसले बताउनुभयो । 

“बेलाबेला विमानस्थल बनाउन सकिन्छ की भनेर पनि यहाँको चर्चा हुने गर्छ”, उहाँले भन्नुभयो, “कृषि, वनमा आधारित कुनै विश्वविद्यालय या औद्योगिक क्षेत्र पनि बनाउन सकिने ठाउँ छ ।” अहिले जङ्गल र मैदानमा फेरिएको त्यहो ठाउँमा पहिले खेतीपाती हुन्थ्यो ।

त्यहीँ मानिसको बसोबास थियो । राज्यले चाहेमा त्यस ठाउँको बहुउपयोग गर्न सक्ने स्थानीयवासी पदमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सके गाउँमा आर्थिक गतिविधि बढ्ने र मानिसको जीवनस्तर उकासिने धारणा राख्नुभयो । पर्यटक आकर्षित गर्न त्यहाँ पूर्वाधार निर्माणको भने खाँचो छ । जनसहभागितासहित स्थानीय तहको लगानीमा यसैवर्ष सडक पुगेपनि अन्य सुविधाबाट त्यस क्षेत्र वञ्चित छ । खानेपानी, विद्युत्लगायत आधारभूत सेवा पुरानो गाउँ पु¥याउनुपर्ने पुनले बताउनुभयो ।

केवै गाउँबाट चार किमि यात्रापछि पुरानो गाउँ उक्लन सकिन्छ । पदयात्रामार्फत पनि सजिलै त्यहाँ पुगिन्छ । पुनका अनुसार धार्मिक आस्थाका दृष्टिलेसमेत पुरानो गाउँलाई पवित्र रुपले हेरिन्छ । त्यहाँ रहेको बराजुको मन्दिरमा वर्सेनि साउन र भदौमा विशेष पूजाआजा हुन्छ । 

खासगरी पौडेलले पूज्ने गरेको मन्दिर भए पनि स्थानीय जनजाति समुदायको पनि सांस्कृतिक आस्था त्यहाँ जोडिएको छ । साउनमा गाउँभरिका सबै त्यहाँ पुगेर खीर चढाएपछि बल्ल घरमा खीर फुकाउने चलन छ । बलेवा, सर्कुवालगायतका ठाउँबाटसमेत पौडेलका सन्तति पूजाआजाका लागि पुरानो गाउँ पुग्छन् ।

प्रकृतिको मनारेम दृश्यापान त्यहाँको अर्को आकर्षण हो । पुरानो गाउँबाट हिमशृङ्खलासहित रमणीय पहाडी भू–बनोट र जनजीवनको अवलोकन गर्न सकिन्छ । दुर्लभ वन्यजन्तु र पक्षीको बासस्थानसमेत त्यहाँ छ । जडीबुटीका लागि पनि पुरानो गाउँको नाम आउछ ।

वडाध्यक्ष विजय शर्मा अधिकारीले पुरानो गाउँको समग्र विकासमा नगर र वडाको ध्यान गएको बताउनुभयो । “नगरको पर्यटकीय विकास योजनामा पुरानो गाउँ पनि समेटिएको छ, डिपिआरमार्फत काम अगाडि बढ्दैछ”, उहाँले भन्नुभयो,“अहिले बजेटको अभाव भएकाले सोचेजसरी काम गर्न सकिएको छैन ।”

सडक पु¥याउनेदेखि, पदमार्ग निर्माण, पोखरी, मन्दिर संरक्षणलगायतका काममा वडाले सघाएको वडाध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । वनभोजस्थल, ‘भ्यूटावर’ जस्ता पर्यटकीय पूर्वाधार निर्माणको योजना रहेको उहाँले सुनाउनुभयो । पुरानो गाउँको समग्र विकासका लागि सर्वपक्षीय सरोकार समिति बनाउन पहल गरिए पनि नेतृत्व कस्ले लिने विवादले त्यो टुङ्गोमा पुग्न सकेको छैन । 

अहिलेपनि त्यस ठाउँको विकासलाई लिएर कुनैपनि सङ्घसंस्था÷समिति क्रियाशील छ्रैनन् । जसका कारण विकासबाट पुरानो गाउँ पछाडि परेको छ । राज्यका निकायको पनि खास नजर पुग्न सकेको छैन । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरदेखि १७ किमि दूरीमा पुरानो गाउँ पर्छ । त्यहाँ पुग्दा सेरोफेरोमा रहेका हाँडीकोट, थन्थाप माई, बेलबगरलगायतका गन्तव्यस्थललाई फन्को मार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ