२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब सुर्खेतबाट पनि पाइन्छ डिजिटल राहदानी

२०७८, ४ माघ मंगलवार ०१:४५

माघ ४, सुर्खेत | जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभयो ।

उहाँले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा प्रजिअ रिजालले भन्नुभयो, “सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ । यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ ।”

उहाँका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको जनाउनुभयो । राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क रु पाँच हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो