नन्दराम जैशी । भदौ ९, जुम्ला | जुम्ला तातोपानी गाविले गाविस सचिवको अनुपस्थितिमा बुधब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ ९, जुम्ला | जुम्ला तातोपानी गाविले गाविस सचिवको अनुपस्थितिमा बुधब"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

सचिवको अनुपस्थितिमा गाविसको सार्वजनिक सुनुवाई सम्पन्न

९ भाद्र २०७३, बिहीबार ०३:०९

नन्दराम जैशी । भदौ ९, जुम्ला | जुम्ला तातोपानी गाविले गाविस सचिवको अनुपस्थितिमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गुनासो सुन्ने अधिकारी सचिवको अनुपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएकोमा स्थानिय आक्रोसित भएका छन् । 

सचिवको अनुपस्थितमा गरिएको सार्वजनिक सुनुवाई विधि पुर्वक नभएको स्थानियले बताएका छन । सार्वजनिक सुनुवाई गाविस बासी र वडा नागरिक मञ्चलाइ जानकारी नगराइ संचालन गरीएको स्थानियले आरोप लगाएका छन । गाविस सचिव अंगराज  डागी ३५ दिने सेवाकालिन तालिमका लागि नेपालगंज रहनु भएकोले उहाको अनुपस्थीतमा सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको गाविसले जनाएको छ । स्थानिय स्वायत्त शासन ऐन २०५५ र नियामावली २०५६ अनुसार गाविसले आर्थिक वर्ष सकिएको पहिलो चौमासिकको अन्तिम सम्म सार्वजनिक सुनुवाई पर्नु पर्ने प्रावधान  छ ।  कात्तिक समान्त सम्म सार्वजनिक सुनुवाइ र वार्षिक समिक्षा गर्न मिल्ने भएपनि तातोपानी गाविसले हतार हतारमा सचिवको अनुपस्थितिमै सार्वजनिक सुनुवाई गरेको हो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा गाविसमा नियमित कर्मचारी नभेटिने, गाविसमा स्थापित कृषि, स्वास्थ्य र पशु सेवा केन्द्र प्रभावकारी नभएको लगायतका गुनासाहरु सहभागिहरुले व्यक्त गरेका थिए । भने सार्वजनिक सुनुवाई कार्यक्रममा आएको गुनासा माथि ब्यापक छलफल गरि आगामी दिनमा सुधारिएर जाने खरिदार मिन बहादुर डाँगीले प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा गाविसद्धारा संचालित योजनाहरुको बारेमा जानकारी दिदै उहाले गाविसलाई आएको जम्मा  अनुदान रकम ५० लाख, ९८ हजार २ सय ५० रुपैयामा  पुँजीगत तर्फ ४३ लाख २ हजार २ सय ५५ र सामाजिक सुरक्षा भर्ता ६२ लाख ६० लाख रकम खर्च भएको बताए । कर्णाली रोजगार कार्यक्रम अन्तरर्गत २५ लाख ४८ हजार रुपैया खर्च भएको उहाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ