माघ ४, काठमाडौँ | सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकारलाई सहयोग गर्न गठित उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकारलाई सहयोग गर्न गठित उ"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तारूढ दलबीच समयमै स्थानीय तह निर्वाचन गर्ने बारे छलफल

२०७८, ४ माघ मंगलवार ०६:५४

माघ ४, काठमाडौँ | सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । 

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिनुभएको जानकारी दिँदै उहाँले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो । 

यस बारेमा सत्तारुढ पाँच दलले आ–आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक÷दुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताउनुभयो । निर्वाचनको मिति भने मन्त्रिपरिषद्ले तोक्ने बैठकमा सहमति भएको छ । 

यसैगरी यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कोभिड–१९ को संक्रमणको चुनौतीका बाबजुद सफल रुपमा सम्पन्न गराउने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन यही माघ १२ गते हँुदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी