माघ ४, रसुवा | प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ । पहिलोपटक केन्द्रीय सदस्य पदमा विजयी हुन सफल सांसद ई मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई सोमबार धुञ्चेमा एक कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, रसुवा | प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ । पहिलोपटक केन्द्रीय सदस्य पदमा विजयी हुन सफल सांसद ई मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई सोमबार धुञ्चेमा एक कार्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

जनप्रतिनिधि सम्मानित

४ माघ २०७८, मंगलवार ०७:३५

माघ ४, रसुवा | प्रेस युनियन रसुवाले यहाँका जनप्रतिनिधिलाई सम्मान गरेको छ । पहिलोपटक केन्द्रीय सदस्य पदमा विजयी हुन सफल सांसद ई मोहन आचार्यका साथै बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीलाई सोमबार धुञ्चेमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा पार्टी केन्द्रीय सदस्य आचार्यका साथै बागमती प्रदेशको ‘क’ र ‘ख’ बाट सभापति पदमा चयन हुनुभएका श्यामकुमार गुरूङ तथा बुचुङ तामाङ, बागमती प्रदेशको पार्टी सदस्य पदमा प्रतिनिधित्व गर्ने त्रयो लामाकार्पु तामाङ, उपेन्द्र लम्साल एवं महिलातर्फ शेषकुमारी अधिकारी रहनुभएको छ ।

यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाको हालै सम्पन्न अधिवेशनबाट जिल्ला सभापति पदमा निर्वाचित पेम्वाछिरिङ तामाङ, उपसभापतिद्वय ओमप्रसाद आचार्य तथा फुर्पुवाङ्दी तामाङ, सचिवद्वय लक्ष्मण देवकोटा र उत्तम थापा, सहसचिवद्वय लछिन तितुङ एवं पासाङ तामाङलाई समेत सम्मान गरिएको छ । सोही कार्यक्रमअन्तर्गत रेडियो रसुवाले पनि पार्टी पदाधिकारीलाई सम्मान गरेको थियो ।

देशको चौथो अङ्गका रूपमा रहेको पत्रकार जगत्ले गरेको सम्मानबाट जनप्रतिनिधि प्रफुल्लित देखिएको सहभागीले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य आचार्यले पत्रकार जगत्बाट भएको सम्मान कार्यक्रम अविस्मरणीय भएको बताउँदै आफ्नो इमान धर्मलाई आत्मसात् गर्दै पत्रकारबाट निष्पक्षरूपमा सही र सत्य समाचार निरन्तर प्रवाह हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ