लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल"/>
२०८३, १२ जेष्ठ मंगलवार
रोल्पा - RLP

भारतबाट फर्कँदा पेप्सीकोला खुवाएर रोल्पाका एक किशोरलाई बेपत्ता पारियो

२०७३, ९ भाद्र बिहीबार ०३:४७

लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल फर्कँदा बेपत्ता भएका जिनाबाङ–८ रोल्पाका १७ बर्षीय विद्यार्थी दीपेन्द्र भण्डारीको खोजीका लागि उनकी आमा खुमा भण्डारीले जिल्ला प्रहरी कार्यालय रोल्पालाई अनुरोध गर्नुभएको छ । 

विसं २०७२ चैत २६ गते फुपाजु नाता पर्ने जिनाबाङ–८ कै ३० वर्षीय दीपक वलीसँग भण्डारी कक्षा ८ को परीक्षा दिई रोजगारीका लागि भारत गएका थिए । पारिवारिक स्रोतका अनुसार विद्यालय सञ्चालन भएपछि अध्ययनका लागि नेपाल फर्कने क्रममा ओत गाविस–८ रोल्पाका १८ वर्षीय देवराज वलीसँग संयोगवश भण्डारीको भेट भयो । 

परिवारका अनुसार साउन २७ गते भण्डारी र वली नेपाल फर्कंदा भारतको चण्डिगढको अम्बला भन्ने स्थानमा आएपछि उनीहरुले बाटो बिराए । त्यसैबेला अन्य तीनजना नेपाली युवासँग भण्डारी र वलीको भेट भयो । उनीहरु पाँचजना सँगै बसेर पेप्सीकोला खाए । 

त्यसपछि बेहोस भएर लामो समयपछि देवराज ब्यूँझदा ती नेपाली युवा र दीपेन्द्र त्यहाँ थिएनन् । देवराज त्यहीँ पहिले बसेको फिल्डमै सुतिरहेको अवस्थामा थिए । उनको साथमा एक रुपैयाँ पनि थिएन, अनि नजिकैका व्यापारीसँग गाडी भाडा मागेर देवराज भदौ २ गते नेपाल आइपुगे तर भण्डारी अहिलेसम्म सम्पर्कमा आउन नसकेको प्रहरी निरीक्षक केशबबहादुर बस्नेतले जानकारी दिनुभयो । 

निरीक्षक बस्नेतका अनुसार हराइरहेको छोराको खोजतलासका लागि सोमबार भण्डारीकी आमाले जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दिएपछि निवेदकलाई आवश्यक सहयोगका लागि हुलियाको परिपत्र गरिएको छ । 

मङ्गलबार भण्डारीकी आमासहित देवराज वली र अर्का एकजना आफन्त भण्डारीको खोजीका लागि भारत हिँडेको प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीका बुबा करिब २ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ