लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल"/>
२८ मंसिर २०८२, शनिबार
रोल्पा - RLP

भारतबाट फर्कँदा पेप्सीकोला खुवाएर रोल्पाका एक किशोरलाई बेपत्ता पारियो

९ भाद्र २०७३, बिहीबार ०३:४७

लिबाङ (रोल्पा), ९ भदौ । अपरिचित व्यक्तिले दिएको पेप्सीकोला खाँदा भारतको हिमान्चल प्रदेशको कोनर भन्ने ठाउँबाट नेपाल फर्कँदा बेपत्ता भएका जिनाबाङ–८ रोल्पाका १७ बर्षीय विद्यार्थी दीपेन्द्र भण्डारीको खोजीका लागि उनकी आमा खुमा भण्डारीले जिल्ला प्रहरी कार्यालय रोल्पालाई अनुरोध गर्नुभएको छ । 

विसं २०७२ चैत २६ गते फुपाजु नाता पर्ने जिनाबाङ–८ कै ३० वर्षीय दीपक वलीसँग भण्डारी कक्षा ८ को परीक्षा दिई रोजगारीका लागि भारत गएका थिए । पारिवारिक स्रोतका अनुसार विद्यालय सञ्चालन भएपछि अध्ययनका लागि नेपाल फर्कने क्रममा ओत गाविस–८ रोल्पाका १८ वर्षीय देवराज वलीसँग संयोगवश भण्डारीको भेट भयो । 

परिवारका अनुसार साउन २७ गते भण्डारी र वली नेपाल फर्कंदा भारतको चण्डिगढको अम्बला भन्ने स्थानमा आएपछि उनीहरुले बाटो बिराए । त्यसैबेला अन्य तीनजना नेपाली युवासँग भण्डारी र वलीको भेट भयो । उनीहरु पाँचजना सँगै बसेर पेप्सीकोला खाए । 

त्यसपछि बेहोस भएर लामो समयपछि देवराज ब्यूँझदा ती नेपाली युवा र दीपेन्द्र त्यहाँ थिएनन् । देवराज त्यहीँ पहिले बसेको फिल्डमै सुतिरहेको अवस्थामा थिए । उनको साथमा एक रुपैयाँ पनि थिएन, अनि नजिकैका व्यापारीसँग गाडी भाडा मागेर देवराज भदौ २ गते नेपाल आइपुगे तर भण्डारी अहिलेसम्म सम्पर्कमा आउन नसकेको प्रहरी निरीक्षक केशबबहादुर बस्नेतले जानकारी दिनुभयो । 

निरीक्षक बस्नेतका अनुसार हराइरहेको छोराको खोजतलासका लागि सोमबार भण्डारीकी आमाले जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दिएपछि निवेदकलाई आवश्यक सहयोगका लागि हुलियाको परिपत्र गरिएको छ । 

मङ्गलबार भण्डारीकी आमासहित देवराज वली र अर्का एकजना आफन्त भण्डारीको खोजीका लागि भारत हिँडेको प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीका बुबा करिब २ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ