माघ ४, काठमाडौँ | बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनी"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’

२०७८, ४ माघ मंगलवार ०९:५३

माघ ४, काठमाडौँ | बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । 

जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् । स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भनेर चिन्तामा हुनुहुन्छ । 

जङ्गली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताउनुभयो । “सुत्न पाएका छैनौंँ, बालीको संरक्षण गर्न धौ धौ परेको छ”, उहाँले रुँदै भन्नुभयो, “बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ । कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो ।” गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नु बाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ । 

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जङ्गली हात्तीले दुःख दिइरहेको बताउनुभयो । विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धरै अन्नबालीमा क्षति पुगेको उहाँको भनाइ छ । 

सीमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्न भने समस्या भएको मास्केको भनाइ छ । हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए । तर हात्तीले हुर्कनै नदिई गुभो नै खाइदिएका कारण सबै सखाप भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन