माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासल"/>
2026-09-12 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रुद्रमानको स्मृतिमा उद्यान निर्माण अभियान

माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो । 

उद्यान निर्माणको जिम्मेवारी पाएको उपभोक्ता समिति र घरबासले संरचना निर्माणका लागि रकम अभाव भएकाले सहयोग अभियान थालेका हुन् । भकुण्डे भ्यूटावर परिसरमा उद्यान निर्माणको काम थालिएको अतिथि सत्कार समुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गुरुङको शालिकसहितको उद्यान निर्माण हुनेछ । एक सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रफलमा उद्यान बनाउन थालिएको छ । 

“गुरुङको स्मृतिमा उद्यान बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो”, उहाँले भन्नुभयो, “घरबासकै पहल र सक्रियतामा उद्यान बन्दैछ ।” गण्डकी प्रदेश सरकारले घरबासका लागि उपलब्ध गराएको रु १० लाख अनुदान सहयोगबाट उद्यानको काम थालिएको हो । झण्डै रु पाँच करोड ५० लाखको विस्तृत परियोजना प्रतिवेदन रहेको उद्यानका लागि रु १० लाखमात्रै अनुदान मिलेको छ । बाँकी रकम जुटाउन उपभोक्ता समिति, स्थानीयवासी र घरबास सञ्चालकले दाताको साथ खोजिरहेका छन् । अभियानको सुरुआत भएसँगै देश–विदेशमा रहेका भकुण्डेवासीले सहयोग गर्न थालेका छन् । अभियानलाई प्रभावकारी बनाउँदै प्रारम्भिक चरणका काम सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो ।

अघिल्लो वर्ष उद्यान निर्माणस्थलमा तारबार र संरचना निर्माणको काम थालिएको उपभोक्ता समितिले जनाएको छ । “उद्यानमा फूलबारी र अन्य संरचना पनि बन्छन्”, थापा भन्नुहुन्छ, “पर्यटकीय गाउँ भकुण्डे आउने पर्यटकका लागि अर्को सुन्दर गन्तव्य बनाउँदैछौँ ।” उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालयसमेत निर्माण गर्ने योजना घरबासले बनाएको छ । “यहाँ आउने जो–कोहीले ग्रामीण पर्यटनका पिताको विषयमा जानकारी पाउन भन्ने हो”, थापाले भन्नुभयो, “ग्रामीण पर्यटनको विषयमा अध्ययन गर्न चाहनेहरूका लागि व्यवस्था मिलाउँछौँ ।”

घरबास सञ्चालक र उपभोक्ता समितिले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीलाई ल्याएर उद्यान निर्माणको शिलान्यास गराएका थिए । “प्रदेश सरकारले घरबासलाई दिएको रकम दुरुपयोग भनेर अनुगमन थालेको छ”, घरबास सञ्चालक चन्द्रवीर थापाले भन्नुभयो ।

अष्ट्रेलियन नागरिक टमी पार्क र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङको प्रयासमा २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी पहिलो ग्रामीण पर्यटनगाउँका रुपमा चिनिएको थियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले पनि यसअघि ‘गुरुङ स्मृति पुरस्कार’ गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने गरी स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन