माघ ५, वाग्मती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटाँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, वाग्मती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटाँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

५ माघ २०७८, बुधबार ०९:००

माघ ५, वाग्मती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटाँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने वताइएको छ । 

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत बिहीबारदेखि आजसम्म गरिएको पिसिआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्इंले जानकारी दिनुभयो । अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 

अस्पताल प्रशासनले मकवानपुरमा कोरोना सङ्क्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण