माघ ५, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । 

वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । 

वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वालिङका वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

माघ ५, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । 

वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । “नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनीयर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।”

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडावडामै योजना सम्झौतालाई अभियानकोरुपमा अगाडि बढाइएको उहाँले बताउनुभयो ।

“सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ”, उहाँले भन्नुभयो, “यो एकप्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक–पटक आइरहनुपर्दैन ।”

चालु आर्थिक वर्षदेखि लागू हुने गरी वडावडामै पुगेर योजना सम्झौता अभियान थालिएको हो । चालु आर्थिक वर्षमा वालिङ नगरपालिकामा नगरस्तरीय ८५ र वडास्तरीय ४७६ योजना तथा कार्यक्रम रहेको योजना शाखाका प्रमुख ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो । १४ वटा वडा रहेको नगरपालिकाका हालसम्म १० वटा वडामा सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी रहेका वडामा सम्झौता अन्तिम प्रक्रियामा रहेको पाण्डेले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि पुँजीगत र चालु गरी कूल रु ९३ करोड ५७ लाख ५८१ बजेट विनियोजन गरेको छ । वालिङ नगरपालिकाले योजनाको सुरुआतदेखि सम्पन्न हुँदासम्मका सबै प्रक्रियालाई एकीकृत गरी योजनापुस्तिका प्रकाशन गरेकाले थप सहजता भएको छ । 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रुपमा सञ्चालन गर्न खरिद ऐन २०६३ नियमावली २०६४ तथा नगरपालिकाको उपभोक्ता समितिकार्य सञ्चालन कार्यविधि २०७४ अनुसार नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण कार्य सञ्चालन कार्यविधि २०७८ को प्रावधानलाई समेटेर योजना पुस्तिका निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक