भदौ ९, सप्तरी । सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, सप्तरी । सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।&n"/>
2026-09-12 12:58 AM
काठमाडौँ - KTM

गाँजा र पेस्तोलसहित एक जना पक्राउ

भदौ ९, सप्तरी । सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट ११५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । 

साथै, प्रहरीले उनलाई पक्राउसमेत गरेको बताइएको छ । प्रहरीको टोलीले उनकै घरमा लुकाइराखेको नौवटा बोरामा प्याक गरिएको ११५ केजी गाँजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । 

त्यस्तै, प्रहरीले दुईवटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ । पक्राउ परेका भण्डारी मालीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस