माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विपद्मा जनातासँग सरकार : मन्त्री कार्की

माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताउनुभयो ।

उहाँले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने बताउँदै प्रदेश सरकार नयाँ ढङ्गले काम गर्ने प्रयास गरेको छ भत्रुभयो । उहाँले स्थानीय तहमा कानुनसम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर छ भन्दै जनताका सेवामा जनप्रतिनिधि तदारुकतासाथ लाग्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका बर्सेनि आगलागीको समस्य देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धन सम्पत्ति क्षति हुनबाट जोगिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन ।”

आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दा बढी लाभ लिन सकोस् शुभकामना दिनुभयो । उहाँले दमकल मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र सञ्चालनका लागि दिइएको हो भत्रुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपाकिाका प्रमुख भीम पराजुलीले महानगरमा पाँचवटा बारुणयन्त्रमध्ये दुई वटा बिग्रेको अवस्थामा प्रदेश सरकारबाट प्राप्त दमकले नागरिक सेवामा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । सुनसरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सुख्खा मौसममा यस क्षेत्रमा बर्सेनि आगलागीको घटना हुने गरेको तर दमकलको अभावमा जनताले व्यापक क्षति बेहोर्नुपरेको समस्या अब कम हुनेछ भत्रुभयो ।

सो अवसरमा मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक÷एक थान नयाँ बारुणयन्त्र सहयोगस्वरुप प्रदान गरेको छ । देवानगञ्ज गाउँपालिकाले प्राप्त दमकलबाट हरिनगर र बर्जु गाउँपालिका संयुक्तरूपमा यसको रेखदेख, मर्मत र सुरक्षाको काम गर्ने भनी मन्त्रालयसँग दुई पक्षीय सम्झौता पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक