माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विपद्मा जनातासँग सरकार : मन्त्री कार्की

५ माघ २०७८, बुधबार ११:४१

माघ ५, विराटनगर | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताउनुभयो ।

उहाँले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने बताउँदै प्रदेश सरकार नयाँ ढङ्गले काम गर्ने प्रयास गरेको छ भत्रुभयो । उहाँले स्थानीय तहमा कानुनसम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर छ भन्दै जनताका सेवामा जनप्रतिनिधि तदारुकतासाथ लाग्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका बर्सेनि आगलागीको समस्य देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धन सम्पत्ति क्षति हुनबाट जोगिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन ।”

आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दा बढी लाभ लिन सकोस् शुभकामना दिनुभयो । उहाँले दमकल मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र सञ्चालनका लागि दिइएको हो भत्रुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपाकिाका प्रमुख भीम पराजुलीले महानगरमा पाँचवटा बारुणयन्त्रमध्ये दुई वटा बिग्रेको अवस्थामा प्रदेश सरकारबाट प्राप्त दमकले नागरिक सेवामा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । सुनसरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सुख्खा मौसममा यस क्षेत्रमा बर्सेनि आगलागीको घटना हुने गरेको तर दमकलको अभावमा जनताले व्यापक क्षति बेहोर्नुपरेको समस्या अब कम हुनेछ भत्रुभयो ।

सो अवसरमा मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक÷एक थान नयाँ बारुणयन्त्र सहयोगस्वरुप प्रदान गरेको छ । देवानगञ्ज गाउँपालिकाले प्राप्त दमकलबाट हरिनगर र बर्जु गाउँपालिका संयुक्तरूपमा यसको रेखदेख, मर्मत र सुरक्षाको काम गर्ने भनी मन्त्रालयसँग दुई पक्षीय सम्झौता पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ