माघ ६, विराटनगर | एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, विराटनगर | एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु"/>

2026-08-23 06:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रु २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

माघ ६, विराटनगर | एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा रु तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । 

गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ रु सात अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु तीन हजार, भन्सार महसुल निर्याततर्फ रु ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ रु ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु नौ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ रु २३ करोड ३० लाख र अन्य रु २२ करोड ८६ लाख ३६ हजार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो